नेपालका गाउँपालिकाहरू
नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ, प्रदेश र स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने तथा सामाजिक साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्तक्षेत्र कायमगर्न सकिने व्यवस्था गरेको छ ।[१]
श्रेणी | गाउँपालिका |
---|---|
अवस्थिति | नेपाल |
सङ्ख्या | ४६० ( वि.सं २०७४) मा |
जनसङ्ख्या | ६९,४७२–३९६ |
क्षेत्रफल | २,४१९.६४ वर्ग किलोमिटर (९३४.२३ वर्ग माइल) - १५.४८ वर्ग किलोमिटर (५.९८ वर्ग माइल) |
सरकार | गाउँ परिषद् |
उप प्रशासन | वडा |
गाउँपालिका गाउँ विकास समितिलाई विस्तार गरेर बनाइएको नयाँ प्रशासनिक एकाई हो ।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविस विघटन गरी ४ सय ७९ गाउँपालिका बनाएको थियो ।[३][४][५] गाउँपालिकामा कम्तिमा पाँच देखि नौ वटा सम्म वडाहरू हुन्छन् ।[६] स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा हाल स्थानीय तहको कुल सङ्ख्या ७ सय ५३ पुगेको छ (६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका[७] र ४६० गाउँपालिका) ।[८][९] साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । साबिक ४ सय ७९ गाउँपालिकाको सङ्ख्या घटेर ४ सय ६० कायम गरिएको छ।[१०][११]
वर्गीकरण
सम्पादन गर्नुहोस्सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार र सामाजिक विकासका आधारमा स्थानीय तहलाई चार श्रेणीमा वर्गीकरण गरेको छ।[१२]
वर्गीकरण | प्रकार | |
---|---|---|
वर्ग 'क' | अति दुर्गम | |
वर्ग 'ख' | दुर्गम | |
वर्ग 'ग' | मध्यम | |
वर्ग 'घ' | सुगम |
गाउँपालिकाहरू
सम्पादन गर्नुहोस्नेपालमा हाल ४६० वटा गाउँपालिकाहरू रहेका छन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "संविधानको ४ भाग र ५७ धारा पारित", सेतोपाटी, भाद्र २८, २०७२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-२० मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "नेपालका नगरपालिकाहरूको आधिकारिक वेबसाइट", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १४।
- ↑ "१९ जिल्लामा थप गाउँपालिका र नगरपालिका", बीबीसी, २०७४ जेठ ८, अन्तिम पहुँच २०७४ जेठ ८।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ "अब ७५३ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति
- ↑ "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ ११, अन्तिम पहुँच २०७४ जेठ १०।
- ↑ "दुर्गम र सुगमको आधारमा स्थानीय तहको विभाजन : हेर्नुहोस् तपाईंको स्थानीय तह कुन वर्ग छ ?", सजिलो सञ्जाल, २०१९-१२-२३, अन्तिम पहुँच २०२०-१२-२१। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-०१ मिति