डडेल्धुरा जिल्ला
डडेल्धुरा नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलको एउटा पहाडी जिल्ला हो । यस जिल्लाको सिमाना पूर्वमा डोटी,उत्तरमा बैतडी र दक्षिणमा कञ्चनपुर सँग जोडिएको छ भने यस जिल्लाको पश्चिममा भारतको उत्तराखंड पर्छ। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गर्दथ्यो ।
डडेल्धुरा जिल्ला |
---|
जिल्लाको नामाकरणसम्पादन
डडेल्धुरा जिल्लाको नाम बनोटको आकृतीबाट रहेको भन्ने एक थरी मतवालम्बीहरूको धारणा रहेको छ, उनीहरूको अनुसार स्थानीय जनबोलीमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई जनजिब्रोमा डडेलधुरा भनिन थालिएको हो ।
यस जिल्लाको नाम डडेलधुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरू छन् । यस जिल्लामा दलिन जस्तो डाँडा, घना जङ्गल र जाडो भएको कारणले डडेलधुरा रहन गएको भन्ने भनाइ पनि छ ।
जिल्लामा रहेका अस्पतालसम्पादन
- उपक्षेत्रिय अस्पताल डडेल्धुरा
पक्षेत्रिय अस्पताल डडेल्धुराको सेवा शुभारम्भ २०७० असार १ गते भएको हो।टिम अस्पताल डडेल्धुरामा २०६४सालदेखी सेवा सुचारु गर्दै आएको एचडिसिएस संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै राजनीतिकदल नागरिकसमाज,संचारकर्मी र स्थानीयले पटक पटक आन्दोलन गरेपछि एचडिसिएस संस्थाले वैशाख १२ गतेदेखी पूर्णरूपमा सेवा बन्द गरेको थियो। टिम अस्पताल र जिल्ला अस्पताल डडेलधुरालाईमर्ज गरी १०० शैयाको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा सञ्चालन गर्ने २०७० बैशाख २२ गते नेपाल सरकारले निर्णय गरे बमोजिम सेवा सुभारम्भ भएको हो।
- जिल्ला अस्पताल डडेल्धुरा
- प्रतेक गाउँ विकास समिति लक्षित गरी उपस्वास्थ्य चैकीहरू ।
यो पनि हेर्नुहोससम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
नेपालको महाकाली अञ्चलको भूगोलसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |