दूधपोखरी गाउँपालिका
दूधपोखरी गाउँपालिका लमजुङ जिल्लाका चार गाउँपालिकाहरू मध्ये एक हो।[३][४] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौँडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको हो ।[५][६]
दूधपोखरी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°१४′N ८४°१७′E / २८.२३°N ८४.२९°Eनिर्देशाङ्कहरू: २८°१४′N ८४°१७′E / २८.२३°N ८४.२९°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | लमजुङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | धनप्रसाद गुरुङ (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | क्षेत्रबहादुर गुरुङ (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १५५.३३ किमी२ (५९.९७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८,५९२ |
• घनत्व | ५५/किमी२ (१४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५२ |
केन्द्र | साविकको गौँडा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५३.३३ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिका र गोरखा जिल्ला रहेका छन् ।[७]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दूधपोखरी गाउँपालिकाको कुल जनसङ्ख्या ८,५९२ रहेको छ भने यहाँ २,४६९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।