ऋषिङ्ग गाउँपालिका

तनहुँको एक गाउँपालिका

ऋषिङ तनहुँ जिल्लाको दक्षिणी क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[१] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा काहूँशिवपुर, भिरकोट, बैदीका (१-३) वडाहरू, राम्जाकोटका (१-८) वडाहरू, ऋषिङ रानीपोखरीका (१-८) वडाहरू र कोटदरबार गाउँ विकास समितिहरूलाई समेटेर ऋषिङ गाउँपालिका घोषणा गरिएको हो ।[२]

ऋषिङ
ऋषिङ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
ऋषिङ गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लातनहुँ
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा२१५ किमी (८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,८७०
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको कोटदरबार गाविसको कार्यालय

जनसङ्ख्या सम्पादन गर्नुहोस्

प्रदेश नं. ४ स्थित तनहुँ जिल्लामा काहूँशिवपुर, भिरकोट, बैदीका (१-३) वडाहरू, राम्जाकोटका (१-८) वडाहरू, ऋषिङ रानीपोखरीका (१-८) वडाहरू र कोटदरबार गाविसहरूलाई मिलाएर ऋषिङ गाउँपालिका बनाइएको हो । राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ऋषिङ गाउँपालिकाको जनसङ्ख्या २५,८७० रहेको छ ।[३][४]

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

ऋषिङ गाउँपालिकामा ८ वडाहरू रहेका छन । ऋषिङको कुल क्षेत्रफल २१५ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा देवघाट गाउँपालिकाव्यास नगरपालिका पर्दछन् भने पश्चिममा घिरिङ गाउँपालिकाभिमाद नगरपालिका छ । यसको उत्तरी भागमा व्यास नगरपालिकाम्याग्दे गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा नवलपरासी जिल्ला पर्दछ ।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  3. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति
  5. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्