राजगढ़ गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा राजगढ़लाई गाउँपालिका घोषित गरेको हो ।[२] राजगढ गाउँपालिका घोषित गर्दा सप्तरीका साविक झुट्की, बनैनिया, नर्गो, बेल्ही चपेना, फकिरामलेकपुर (१-४)[३] गा.वि.स. लाई समेटेको छ ।[४][५][६]

राजगढ गाउँपालिका
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
गाउँपालिका घोषितवि.सं. २०७३
सरकार
 • अध्यक्षओमप्रकाश मण्डल
 • उपाध्यक्षरेणुदेवी मण्डल
क्षेत्रफल
 • जम्मा४७.९१ किमी (१८.५० वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा२९४५९
 • घनत्व६१०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttps://rajgadhmun.gov.np/

यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २९,४५९ रहेको छ । यसको क्षेत्रफल ४७.९१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र नर्घो कार्यालयमा राखिएको छ ।[७]

यस गाउँपालिकाको सिमाना पूर्वमा छिन्मस्ता  र विष्णुपुर गाउँपालिका पश्चिममा डाकनेस्वरी गाउँपालिका उत्तरमा रुपनी गाउँपालिका र दक्षीणमा बिहार (भारत) रहेको छ |[८]

यस पालिकाका अध्यक्ष ओमप्रकाश मण्डल[९] र उपाध्यक्ष रेणुदेवी मण्डल हुन् ।[१०]

वार्ड नं. १ अन्तर्गत साविकको झुटकी गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा  उपेन्द्र नारायण यादव (वडा अध्यक्ष) र सदस्यहरुमा उपेन्द्र मुखिया,लक्ष्मण मण्डल,शिमलादेवी मण्डल र सतनीदेवी राम रहेका छन् ।[११]

वार्ड नं. २ अन्तर्गत साविकको बनैनियाँ गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा जीतेन्द्रकुमार यादव (वडा अध्यक्ष) र सदस्यहरुमा घुरन यादव, निर्मलादेवी मलाह, बतुल कुमारी खातुन र सुमित्रादेवी खंग रहेका छन् ।[१२]  

वार्ड नं. ३ अन्तर्गत साविकको नर्घो गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा बासुदेवी यादवनी (वडा अध्यक्ष) र सदस्यहरुमा रामपुकार साह, रामगुलाम मण्डल, बासो धानुक र जीबछीदेवी मोची रहेका छन । [१३] 

वार्ड नं.४ अन्तर्गत साविकको बेलही चपेना गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा अशोककुमार साह (वडा अध्यक्ष) र सदस्यहरुमा उपेन्द्र मुखिया, लक्ष्मण मण्डल, मजादेवी मण्डल र जगदम्वादेवी सदा रहेका छन् । [१४]

वार्ड नं. ५ अन्तर्गत साविकको मलेकपुर गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा दुःखीलाल भन्ने देवेन्द्र साह (वडा अध्यक्ष) र सदस्यहरुमा राजेन्द्र सुतिहार, हरी मण्डल, लगनीकुमारी सदा र पुनमकुमारी राम रहेका छन् ।[१५]

यस गाउँपालिका अन्तर्गत वार्ड नं. ६ मा फकिरा[१६], कुरनमा, बरदाही, इनर्वा,जगाई टोल पर्दछ ।[१७] राजगढ गाउँपालिकाको पुर्व दक्षिण भूभागमा यो वार्ड अवस्थित छ । यस वडाको कुल जनसंख्या ३३८४ र क्षेत्रफल ९.७९ वर्गकिलोमिटर रहेको छ । यस वडाका जन प्रतिनिधिहरुमा महमद ताहिर मंसुरी (वडा अध्यक्ष), उपेन्द्र झा (वडा सदस्य), सुदेश्वर सुतिहार (वडा सदस्य), फूलोदेवी मंडल (महिला सदस्य), दशनीदेवी खंग (दलित महिला सदस्य) हुन् । [१८]

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार राजगढ़ गाउँपालिकाको जनसङ्ख्या २९,४५९ रहेको छ।[१९]

प्रसिद्ध स्थलहरु सम्पादन गर्नुहोस्

१. श्री रामजानकी मन्दिर (फुदाई मररका सन्तानहरुद्वारा निर्मित), (बाबा अखडा, फकिरा ) ।

२.श्री महादेव मन्दिर (खंग टोली, फकिरा ) ।

३.हिन्दू–मुस्लिमको ऐतिहासिक संगम स्थल (दिहबारबाबा–कबरगाह स्थल, पुरनी पोखरी, फकिरा ) ।

४.प्राचिन ईदगाह (धोबियाही, फकिरा ) ।

५.राजगढ गढी (नर्घो, झहुरा चोक) ।

६.श्रीकृष्ण मन्दिर (नर्घो) ।

७.चन्द्रावती पोखरी (झुटकी) ।

८.ऐतिहासिक दह (बनैनियाँ) ।

९.श्रीभगवती मन्दिर (बनैनियाँ) ।

१०.श्रीमहावीर थान (कमलपुर)

११.श्रीबजरंग बली मन्दिर (चपेना)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "राजगढ़ गाउँपालिका | मधेश प्रदेश, नेपाल सरकार "अपन गाम, सुन्दर ठाम"", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१ 
  4. "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  6. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  7. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  8. "राजगढ़ गाउँपालिका | मधेश प्रदेश, नेपाल सरकार "अपन गाम, सुन्दर ठाम"", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१ 
  9. "सप्तरीको राजगढको अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपा विजयी", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०३-०१ 
  10. "जन प्रतिनिधि | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१ 
  11. "वडा नं. १ झुटकी | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१ 
  12. "वडा नं. १ झुटकी | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१ 
  13. "वडा नं. ३ नर्घो | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१ 
  14. "वडा नं. ४ वेल्ही चपेना | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१ 
  15. "वडा नं. ५ मलेकपुर | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१ 
  16. "घोरदह र मुतनीको पुल निर्माणमा ढिलाइ", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-०१ 
  17. "वडा नं. ६ फकिरा | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१ 
  18. "वडा नं. ६ फकिरा | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१ 
  19. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्