नेपालमा ७४४ स्थानीय तह लागू हुँदा म्याग्दी जिल्लामा साविकका कुहुँकोट, वावियाचौर, दरबाङको वडा नम्बर ४, बरञ्जाअर्मन गाउँ विकास समितिहरूलाई समेटेर मङ्गला गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकाको कूल जनसङ्ख्या १६,२८६ रहेको छ । यसको क्षेत्रफल ८९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बाबियाचौर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ ।[३]

मङ्गला
Mangala
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाम्याग्दी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षसतप्रसाद रोक्का (एमाले)
 • उपाध्यक्षसिर्जना केसी (एमाले)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा८९ किमी (३४ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)[१]
 • जम्मा१६,२८६
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविकको बाबियाचौर गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्