अन्नपूर्ण गाउँपालिका, कास्की
अन्नपूर्ण गाउँपालिका कास्की जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा कास्की जिल्लामा साविकका ढिकुरपोखरी, भदौरे तमागीको (१ र २) वडाहरू, सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गाउँ विकास समितिहरूलाई समेटेर अन्नपूर्ण गाउँपालिका घोषणा गरिएको हो ।[३][४] अन्नपूर्ण गाउँपालिकको कूल जनसङ्ख्या २३,४१७ रहेको छ ।[५] अन्नपूर्ण गाउँपालिका भौगोलिक हिसाबले ८३° ४२' ०'' E देखि ८३° ५७' ०'' E पूर्व देशान्तरसम्म र २८° ३६' ४५'' N देखि २८° १५' १५'' N उक्तरी अक्षांश सम्म अवस्थित छ ।
अन्नपूर्ण गाउँपालिका | |
---|---|
![]() अन्नपूर्ण गाउँपालिकाका वडाहरू | |
निर्देशाङ्क: २८°२१′N ८३°५०′E / २८.३५°N ८३.८३°Eनिर्देशाङ्कहरू: २८°२१′N ८३°५०′E / २८.३५°N ८३.८३°E | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की जिल्ला |
स्थापना | २०७३ साल फाल्गुन २७ गते |
सरकार | |
• प्रकार | गाउँपालिका |
• अध्यक्ष | युवराज कुँवर (नेपाली काँग्रेस) |
• अधिकृत | युवराज अधिकारी |
• उपाध्यक्ष | सगुन गुरुङ वडाध्यक्षहरू
|
क्षेत्रफल | |
• जम्मा | ४१७.७४ किमी२ (१६१.२९ वर्ग माइल) |
• जमीन | ३९६.२७ किमी२ (१५३�०० वर्ग माइल) |
• पानी | २१.४७ किमी२ (८.२९ वर्ग माइल) ५.१३% |
जनसङ्ख्या | |
• जम्मा | २३,४१७ |
• घनत्व | ५६/किमी२ (१५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६१ |
केन्द्र | माछापोखरी,कास्की |
भौगोलिक अवस्थिति सम्पादन
अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ११ वडाहरूमा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा पर्वत र म्याग्दी जिल्ला, उत्तरमा मनाङ जिल्ला, दक्षिणमा पोखरा महानगरपालिका र पर्वत जिल्लासम्म छ ।[६]
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।