वैतेश्वर गाउँपालिका प्रकृतिकै सुन्दर देन उत्तरमा हनुमन्ते, पश्चिममा तामाकोसी र केन्द्रमा वैतेश्वर महादेव । दोलखा जिल्लाको मध्यभागमा अवस्थित वैतेश्वर गाउँपालिका जिल्लाकै सानो गाउँपालिका हो । यसको केन्द्र साविक नाम्दू गाविसको पाडु (हाल वैतेश्वर वडा नम्बर ६) हो भने जम्मा ८ वडा रहेका छन । साविक गैरिमुदी गाविस (१,२) मिर्गे (३),काब्रे( ४,५) नाम्दू (६,७) र क्षेत्रपा (८) लाई वडा विभाजन गरिएको छ ।

जनसङ्ख्या १९,८७६ (२०६८ को जनगणना अनुसार ) महिला- ९०९५ पुरुष- १०७८१

२१८२६ (२०५८ को जनगणना अनुसार)

जनघनत्व २४६्.९ प्रति वर्ग किमि

क्षेत्रफल ८०.५ वर्ग किमी

सडक पिच २३ किमि कच्ची ९० किमि

स्वास्थ्य संस्था स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी गरी ६ वटा स्वास्थ्य संस्था रहेका छन ।

'उमावि र क्याम्पस क्याम्पस २ वटा (हनुमन्तेश्वर क्याम्पस वैतेश्वर ४ काब्रे र त्रिपुरा क्याम्पस वैतेश्वर ६ नाम्दू) मावि : ६ वटा जनज्योति मावि (वैतेश्वर-२ पुतलिकाठ), कालिढुङ्गा मावि (वैतेश्वर-३ मिर्गे), हनुमन्तेश्वर मावि (वैतेश्वर-४ काब्रे), जलदेवि मावि (वैतेश्वर-५ मैनापोखरी), वैतेश्वर मावि (वैतेश्वर-६ नाम्दू), क्षत्रावति मावि (वैतेश्वर-८ क्षत्रपा)

जनप्रतिनिधी

अध्यक्ष: छवि लामा (नेपाली काङ्ग्रेस)

उपाध्यक्ष: रविचन्द्र आचार्य (नेकपा)

वडाध्यक्ष:१ वृषबहादुर तामाङ (नेपाली काङ्ग्रेस)

२ श्यामकुमार तामाङ (नेपाली काङ्ग्रेस)

३ कृष्णप्रसाद दहाल (नेपाली काङ्ग्रेस)

४ कुमार चौलागाई (नेकपा)

५ माधव बस्नेत (नेकपा)

६ शमशेर घिसिङ (नेपाली काङ्ग्रेस)

७ रेसमराज श्वराज रिमाल (नेकपा)

८ रमेशकुमार अधिकारी (नेकपा)

चर्चित व्यक्तिहरु

पशुपति चौलागाई, सांसद ,प्रदेस नम्वर ३ (नेकपा)

स्च चन्द्रराज ढुङ्गेल ,सांसद, राष्ट्रिय सभा

डा. कमलराज ढुङ्गेल, प्राध्यापक त्रिभुवन विश्वविध्यालय

यज्ञराज ढुङ्गेल, सहकारिविद

पदम जिरेल, प्रधानाध्यापक, क्षत्रावति मावि