नेपालका प्रदेशहरू
नेपालको संविधान २०७२ को अनुसूची ४ बमोजिम ३ असोज २०७२ मा, प्रदेशहरूको गठन गरिएको थियो। अवस्थित जिल्लाहरूलाई समूहबद्ध गरी सात वटा प्रदेशहरू गठन गरिएको थियो। सात प्रदेशको वर्तमान प्रणालीले नेपाललाई १४ वटा अञ्चल र पाँच विकास क्षेत्रहरूमा विभाजन गरिएको पहिलेको प्रणालीलाई प्रतिस्थापन गरेको थियो।
नेपालका प्रदेशहरू | |
---|---|
श्रेणी | सङ्घीय राज्य |
अवस्थिति | सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
स्थापित | ३ असोज २०७२ |
सङ्ख्या | ७ मा |
जनसङ्ख्या | सबैभन्दा सानो: कर्णाली, १६,९४,८८९ सबैभन्दा ठुलो: मधेश, ६१,२६,२८८ |
क्षेत्रफल | सबैभन्दा सानो: मधेश, ९,६६१ वर्ग किलोमिटर (३,७३० वर्ग माइल) सबैभन्दा ठुलो: कर्णाली, २७,९८४ वर्ग किलोमिटर (१०,८०५ वर्ग माइल) |
जनघनत्व | सबैभन्दा सानो: कर्णाली, ६१ सबैभन्दा ठुलो: मधेश, ६३० |
सरकार | प्रादेशिक सरकार |
उप प्रशासन | जिल्लाहरू |
इतिहास
२०१३ पुस ९ मा नेपालको प्रशासनिक विभाजनहरूको पुनर्संरचना गर्न एक समिति गठन गरिएको थियो र उक्त समितिले दुई हप्तामा सरकारलाई प्रतिवेदन बुझाएको थियो। नेपालको जिल्ला प्रशासन पुनर्गठनको प्रतिवेदन, २०१३ अनुसार देशलाई पहिलो पटक सात क्षेत्रहरूमा विभाजन गरिएको थियो। [१]
- अरुण क्षेत्र
- जनकपुर क्षेत्र
- काठमाडौँ क्षेत्र
- गण्डकी क्षेत्र
- कपिलवस्तु क्षेत्र
- कर्णाली क्षेत्र
- महाकाली क्षेत्र
वि.सं २०१८ मा, सबै क्षेत्रहरू विघटन गरिएको थियो र देशलाई ७५ जिल्लाहरूमा पुनर्संरचना गरिएको थियो र ती जिल्लाहरूलाई थप १४ अञ्चलहरूमा विभाजन गरिएको थियो। वि.सं २०२८ मा, सबै १४ अञ्चललाई ४ वटा विकास क्षेत्रहरूमा वर्गीकृत गरिएको थियो[२] र पछि वि.सं २०३८ मा, तिनीहरूलाई निम्न ५ विकास क्षेत्रहरूमा पुन: व्यवस्थित गरिएको थियो।
- पूर्वाञ्चल विकास क्षेत्र
- मध्यमाञ्चल विकास क्षेत्र
- पश्चिमाञ्चल विकास क्षेत्र
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
- सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
नेपालको संविधान २०७२ को अनुसूची ४ बमोजिम नेपालका प्रदेशहरूको गठन भएको थियो। अवस्थित जिल्लाहरूलाई समूहबद्ध गरेर सात वटा प्रदेशहरू गठन गरिएको थियो। नवलपरासी र रुकुम गरी दुई जिल्लालाई दुई प्रदेशमा विभाजन गरिएको थियो। प्रत्येक जिल्लामा स्थानीय तहहरू छन्। नेपालमा ६ महानगरपालिका, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिकाहरू रहेका छन्।[३] सात प्रदेशको वर्तमान प्रणालीले नेपाललाई १४ वटा प्रशासनिक क्षेत्रमा विभाजन गरी पाँच विकास क्षेत्रमा विभाजन गरिएको पहिलेको प्रणालीलाई प्रतिस्थापन गरेको थियो।
फागुन २०७३ मा, नेपाल सरकारले सातै प्रदेशको अस्थायी राजधानी घोषणा गरेको थियो। संविधानको धारा २९५ को उपधारा (२) अनुसार प्रदेशको स्थायी नाम सम्बन्धित प्रदेशको व्यवस्थापिकाको दुई तिहाइ मतले निर्धारण गरेको थियो।[४]
सरकार
संविधान र कानून बमोजिम प्रदेशको कार्यकारी अधिकार प्रदेशको मन्त्रिपरिषद्मा निहित रहेको छ। आपतकालीन अवस्थामा वा सङ्घीय शासन लागू भएको अवस्थामा प्रदेश कार्यपालिकाको अनुपस्थितिमा प्रदेश प्रमुखले प्रदेशको कार्यकारी अधिकार प्रयोग गर्नेछन्। प्रत्येक प्रदेशमा सङ्घीय सरकारको प्रतिनिधिको रूपमा औपचारिक प्रमुख हुन्छन्। राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक जना प्रदेश प्रमुख नियुक्त गर्छन्।[५] प्रदेश प्रमुखले संविधान वा कानूनले निर्दिष्ट गरेको अधिकार र कर्तव्यको प्रयोग गर्दछन्। प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र मुख्यमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था रहेको छ।
सभाहरू
प्रदेश सभा सात प्रदेशहरू मध्ये प्रत्येकको एकसदनीय विधान सभा हो। पहिल्यै विघटन भएको अवस्थामा बाहेक प्रदेश सभाका सदस्यहरूको पदावधि पाँच वर्षको हुन्छ।
प्रत्येक निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरू राजनीतिक दलले छानेका हुन्छन् वा स्वतन्त्र रूपमा खडा हुन्छन्। प्रत्येक निर्वाचन क्षेत्रले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत एक सदस्य चयन गर्दछ। नेपालमा समानान्तर मतदान प्रणाली प्रयोग हुने भएकाले मतदाताले दलीय सूचीको समानुपातिक प्रतिनिधित्वबाट सदस्य चयन गर्न अर्को मतदान गर्छन्। वर्तमान संविधानले ६० प्रतिशत सदस्य पहिलो पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट र ४० प्रतिशत दलीय समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ। प्रत्येक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको एक तिहाइ महिला हुनुपर्ने र एक तिहाइ प्रतिशत निर्वाचित हुन नसकेमा त्यस्तो सुनिश्चित गर्न नसक्ने दलले दलगत समानुपातिक प्रतिनिधित्वबाट कुल सङ्ख्याको एक तिहाइ महिला निर्वाचित गर्नुपर्ने व्यवस्था गरिएको छ।[६]
निर्वाचन पछि, समग्र बहुमत प्राप्त दल (अन्य सबै दलको तुलनामा बढी सिट) भएको दलले सरकार गठन गर्छ। यदि कुनै दलसँग पूर्ण बहुमत छैन भने, दलहरूले गठबन्धन बनाउने प्रयास गर्न सक्छन्।
नेपालका प्रदेशहरूको सूची
प्रदेश | राजधानी | प्रदेश प्रमुख | मुख्यमन्त्री | जिल्लाहरू | क्षेत्रफल | जनसङ्ख्या (वि.सं २०७८) |
जनघनत्व
(/किमी२) |
निर्वाचन क्षेत्र | नक्सा |
---|---|---|---|---|---|---|---|---|---|
कोशी | विराटनगर | परशुराम खापुङ | हिक्मतकुमार कार्की | १४ | २५,९०५ किमी२ | ४,९७२,०२१ | १९२ | २८ | |
मधेश | जनकपुरधाम | सुमित्रा सुवेदी भण्डारी | सतिशकुमार सिंह | ८ | ९,६६१ किमी२ | ६१,२६,२८८ | ६३५ | ३२ | |
बागमती | हेटौँडा | यादवचन्द्र शर्मा | शालिकराम जमकट्टेल | १३ | २०,३०० किमी२ | ६०,८४,०४२ | ३०० | ३३ | |
गण्डकी | पोखरा | डिल्लीराज भट्ट | सुरेन्द्रराज पाण्डे | ११ | २१,५०४ किमी२ | २४,७९,७४५ | ११६ | १८ | |
लुम्बिनी | देउखुरी | अमिक शेरचन | जोखबहादुर महरा | १२२ | २२,२८८ किमी२ | ५१,२४,२२५ | २३० | २६ | |
कर्णाली | वीरेन्द्रनगर | तिलक परियार | यमलाल कँडेल | १० | २७,९८४ किमी२ | १६,९४,८८९ | ६१ | १२ | |
सुदूरपश्चिम | गोदावरी | नजिर मियाँ | दीर्घबहादुर सोडारी | ९ | १९,९९९.२८ किमी२ | २७,११,२७० | १३६ | १६ | |
नेपाल | काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल |
प्रधानमन्त्री | ७७ | १४७,६४१.२८ किमी२ | ३,०१,९२,४८० | १९८ | १७५ |
सन्दर्भ सामग्रीहरू
- ↑ "नेपालको जिल्ला प्रशासन पुनर्गठनको रिपोर्ट, २०१३" (नेपालीमा)। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-२४ मिति
- ↑ "Memorial Step of King Mahendra in 1st Poush 2017 BS", reviewnepal.com, १३ डिसेम्बर २०१७, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८।
- ↑ Kathmandu Post (२०१७), "744 new local units come into effect", Kanntipur Publications Pvt. Ltd.।
- ↑ "Govt fixes temporary state HQs, guvs", Kathmandu: Kathmandu Post, २०१८।
- ↑ "CA approves ceremonial prez, bicameral legislature", Kanptipur Media Group, १६ सेप्टेम्बर २०१५, अन्तिम पहुँच ८ डिसेम्बर २०१७।
- ↑ "NEPAL: Diluted proportional electoral system", scoop.co.nz, Scoop world, १६ अक्टोबर २०१७, अन्तिम पहुँच ८ डिसेम्बर २०१७।