माप्य दुधकोशी गाउँपालिका
माप्य दुधकोशी गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[२][३] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका जुभिङ, बासा, काकु र बाकु गाउँ विकास समितिहरूलाई समेटेर माप्य दुधकोशी गाउँपालिका बनाइएको थियो।[४] यसको क्षेत्रफल १६७.६७ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको बासा गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ७ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलुदुधकुण्ड नगरपालिका, उत्तरमा खुम्बु पासाङल्हामु गाउँपालिका तथा दक्षिणमा थुलुङ दुधकोशी गाउँपालिका सम्म फैलिएको छ।[५]
माप्य दुधकोशी गाउँपालिका | |
---|---|
निर्देशाङ्क (बासा): २७°३२′N ८६°४१′E / २७.५४°N ८६.६८°Eनिर्देशाङ्कहरू: २७°३२′N ८६°४१′E / २७.५४°N ८६.६८°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | बुद्धिकिरण राई (एमाले) |
• उपाध्यक्ष | गौरव राई (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १६३.६३ किमी२ (६३.१८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२,६४८ |
• घनत्व | ७७/किमी२ (२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-३८ |
केन्द्र | साविकको बासा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार माप्य दुधकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १२,६४८ रहेको छ भने यहाँ ३,१४० घरधुरी रहेका छन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- जिल्ला समन्वय समितिको कार्यालय, सोलुखुम्बु, नेपाल वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-१९ मिति