देवघाट गाउँपालिका
देवघाट तनहुँ जिल्लाको दक्षिण-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[१] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा साविकको देवघाट, कोटा, बैदीका (४-९) वडाहरू र छिपछिपे गाउँ विकास समितिहरूलाई समेटेर देवघाट गाउँपालिका घोषणा गरिएको हो।[२]
देवघाट | |
---|---|
![]() देवघाट गाउँपालिकाको वडा विभाजन | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | तनहुँ जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
क्षेत्रफल | |
• जम्मा | १५९ किमी२ (६१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १६,१३१ |
• घनत्व | १००/किमी२ (२६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६५ |
केन्द्र | साविकको देवघाट गाविसको कार्यालय |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
प्रदेश नं. ४ स्थित तनहुँ जिल्लामा साविकको देवघाट, कोटा, बैदीका (४-९) वडाहरू र छिपछिपे गाविसहरूलाई मिलाएर देवघाट गाउँपालिका बनाइएको हो। राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर देवघाट गाउँपालिकाको जनसङ्ख्या १६,१३१ रहेको छ।[३][४]
भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्
देवघाट गाउँपालिकामा ५ वडाहरू रहेका छन। देवघाटको कुल क्षेत्रफल १५९ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा आँबुखैरेनी गाउँपालिका र चितवन जिल्ला पर्दछ भने पश्चिममा ऋषिङ गाउँपालिका र नवलपरासी जिल्ला छ। यसको उत्तरी भागमा आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका छ भने दक्षिणी क्षेत्रमा चितवन जिल्ला र नवलपरासी जिल्ला पर्दछ।[५]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फागुन २०७३, अन्तिम पहुँच २८ फागुन २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फागुन २०७३।