शैलुङ गाउँपालिका
शैलुङ गाउँपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ताम्चेतदूधपोखरी, भुषाफेदा र मागापौवा, काटाकुटी, फस्कु र शैलुङ्गेश्वर गाविसहरू यसमा गाभिएका थिए।
शैलुङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°Eनिर्देशाङ्कहरू: २७°३३′N ८६°०६′E / २७.५५°N ८६.१०°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | दोलखा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | रिमलबाबु श्रेष्ठ (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | पार्वती कार्की (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १२८.६७ किमी२ (४९.६८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १७,९२३ |
• घनत्व | १४०/किमी२ (३६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शैलुङ गाउँपालिकाको कुल जनसङ्ख्या १७,९२३ रहेको छ भने यहाँ ५,१३४ घरधुरी रहेका छन्।[२]
नामाकरण
सम्पादन गर्नुहोस्शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो। जसको अर्थ हुन्छ तामाङ भाषमा “शै” भनेको सय र “लुङ” भनेको थुम्का भन्ने बुझिन्छ। शैलुङ डाँडाबाट मनमोहक गौरीशङ्कर हिमाल , सगरमाथा, माछापुच्छ्रे हिमाल, गणेश हिमाल लगायत काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकोले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बनेको छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति