आरूघाट गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका मानबु, थुमी, आरूआर्बाङ, आरूपोखरीआरूचनौटे गाउँ विकास समितिहरूलाई समेटेर आरूघाट गाउँपालिका घोषणा गरिएको हो ।[३][४][५]

आरूघाट
आरूघाट गाउँपालिकाको वडा विभाजनको अवस्थिति
आरूघाट गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लागोरखा
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१६०.७९ किमी (६२.०८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,८८७
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६४
केन्द्रसाविकको आरूचनौटे गाविसको कार्यालय

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

आरूघाट गाउँपालिकाको क्षेत्रफल १६०.७९ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका १० वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २३,८८७ रहेको छ । यसको सीमाना पूर्वमा धादिङ जिल्ला, पश्चिममा सुलीकोट गाउँपालिका उत्तरमा धार्चे गाउँपालिका र दक्षिणमा भीमसेन गाउँपालिका सम्म रहेको छ ।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्