आजको लेख
सुमन पोखरेल (जन्म सन् १९६७, सेप्टेम्बर २१) नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू विभिन्न भाषामा अनुवादित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् । सुमन पोखरेल एक महत्वपूर्ण दक्षिण एसियाली कविका रूपमा चिनिन्छन् । उनी सन् २०१३ तथा सन् २०१५ को सार्क साहित्य पुरस्कारद्वारा विभूषित भएका छन् । सो पुरस्कार दुई पटक प्राप्त गर्ने उनी एक मात्र कवि/लेखक हुन् । नेपालीका अतिरिक्त अङ्ग्रेजी, मैथिली, हिन्दी, उर्दू तथा बङ्गाली भाषाहरूमा पकड भएका पोखरेलले बहुभाषामा कलम चलाएका छन् । उनका नेपालीमा दुईवटा कवितासङ्ग्रह तथा एउटा गीतसङ्ग्रह प्रकाशित छन् । उनका गीतहरू विभिन्न गायकका एल्बममा समावेश भएका छन् । पोखरेलका अनुवाद तथा केही निबन्ध विविध सङ्कलनहरूमा समाविष्ट रहेका तथा विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन् । पोखरेलद्वारा लिखित नाटक नेपालबाहिर प्रदर्शित भइसकेको छ । उनी चित्रकारमा रूपमा पनि सक्रिय रहेका छन् । (पूरा लेख...)
समाचारमा आज
- बेलायती भौतिकशास्त्री तथा ब्रह्माण्ड-बैज्ञानिक स्टिफन हकिङको ७६औ वर्षको उमेरमा निधन भएको छ ।
- २०७४ फागुन २८ मा ढाकाबाट काठमाण्डौ आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुदा ५१ जनाको मृत्यु भएको थियो ।
- खड्गप्रसाद ओली (चित्रमा) दोस्रो पटक नेपालको प्रधानमन्त्री नियुक्त भएका छन् ।
- अमेरिकाको ४५औँ राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
- गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले बर्ष २०१६का शक्तिशाली महिलाहरू मध्ये ५२औँ स्थानमा सूचिकृत गरेको छ ।
- २०७२ माघ २६ गते नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ ।
- ताइवानकी पहिलो महिला राष्ट्रपतिका रूपमा साइ इङ वेन निर्वाचित भएकी छन् ।
- नेपाली विकिपिडिया विश्वका विकीहरूको सूचीमा ३०,४९८ लेखहरूका साथ ९७ औँ स्थानमा पुगेको छ ।