हुम्ला जिल्ला

नेपालको एक जिल्ला

हुम्ला नेपालको तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका पाँच जिल्लामध्ये एक र हालको कर्णाली प्रदेशमा पर्ने अत्यन्तै दुर्गम हिमाली जिल्ला हो। शाके सन् १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना जुवाइँ बलिराज शाहीलाई दिएका थिए। यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे। बहादुर शाहको कालमा वि. सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि जुम्ला शासित थियो। भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए। तिब्बतको ताक्लाकोटबाट उत्तर पश्चिममा अत्यधिक रूपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अरू भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ। वि. सं. २०१८ सालमा भएको नेपालको राजनीतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो।[२]

हुम्ला जिल्ला

जिल्लाको नामाकरण

जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाएको हुनाले यहीं होम लगाएको अर्थात होम+ला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार हुल्म लङरिंग अर्थात साँगुरो नदीबाट अपभं्रस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ । यसका अतिरिक्त हुण जातिहरुको यहीं बाटो भएर ल्हा भञ्ज्याङ्ग काटेर तिब्ब्त क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हाबाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ ।

ठाउँहरू

 
हुम्ला जिल्लाको नेपालतिब्बत सिमानामा अवस्थित घुमौरे सडक र साथमा रहेको कर्णाली नदीको एक मनोरम दृश्य

संक्षिप्त परिचय

 
नेपालको हुम्ला जिल्लामा पालिएको चौंरी गाई

भौगोलिक अवस्था

प्रशासनिक विभाजन

इलाका नम्बर गा.वि.स.को संख्या गा.वि.स.को नाम कैफियत
सिमकोट, वरगाउँ, ठेहे
हेप्का, डाँडाफया, स्याँडा
खगालगाउँ, मुचु, लिमी
छिप्रा, खार्पुनाथ, लाली
राया, सर्किदेउ, साँया, बरगाउँ
मेल्छाम, गोठी, रोडिकोट
श्रीमष्ठा, मिमि, दार्मा
जैर, श्रीनगर, कालिका
मदना, मैला

जिल्लाको ऐतिहासिक पृष्ठभूमि

माटोको बनावट, उर्वराशक्ति र भू–क्षय

 
नेपालको हुम्ला जिल्लामा पाइने एक प्रकारको जंगली फूल स्थानिय भाषामा यसलाई डोइली फूल भनिन्छ।

जलवायु

हिमाली जिल्लाको रूपमा चिनिएको हुम्ला जिल्ला पर्यावरणीय क्षेत्र तथा जलवायुको हिसावले हेर्दा पनि उच्च पहाडी, मध्य पहाडी र होचो नदीतट तथा बेंशी क्षेत्र गरी ३ भागमा विभाजन भएको हुँदा यहाँको जलवायुमा पनि सोही अनुसारको भिन्नता पाइन्छ। समुद्र सतहको १५२४ मिटर देखि ७३३७ मिटर सम्मको उचाईमा अवस्थित यस जिल्लामा शितोष्ण, समशितोष्ण र उतोष्ण तीनै किसिमको हावापानी पाइन्छ। यस जिल्लाको अधिकतम तापक्रम, १०º देखि २५º सेल्सियस र न्यूनतम तापक्रम –१०º देखि –२८º सम्म पुग्ने गर्दछ।[१]

जलश्रोतहरू

हुम्ला जिल्ला जलश्रोतको धनी जिल्लाको रूपमा रहेको छ। नेपालको सबभन्दा लामो नदी कर्णाली तिब्बतबाट यारी नाका भएर प्रबेश गरी लगभग हुम्ला जिल्लालाई बीच पारेर बगेको छ। यसको साथै यहाँ १०० भन्दा बढी हिमालबाट हिउँ पग्लेर बग्ने स्थायी श्रोत भएका नदीहरू, २० भन्दाबढी प्राकृतिक रूपले रमणीय र साँस्कृतिक रूपले महत्त्वपूर्ण तालतलैया, मुल तथा झरनाहरू रहेका छन्।[२]

मुख्य चाडपर्वहरू

भेषभूषा

 
हुम्ला जिल्लाको एक सामान्य घर

संस्कृति

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "कर्णालीको मौलिकता अनुभव गर्न हुम्ला", अभियान राष्ट्रिय दैनिक, २०१४, अन्तिम पहुँच ८ माघ २०७३ 
  2. २.० २.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ddc Humla

बाह्य कडीहरू