नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अछाम जिल्लामा साविकका ऋषिदह, सन्तडा, ठांटी, कुशकोट, विन्ध्यवासिनी, नंदेगडाहात्तिकोट गाउँ विकास समितिहरूलाई समेटेर मेल्लेख गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २४,६७० रहेको छ । यसको क्षेत्रफल १३४.७८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको विन्ध्यवासिनी गाविसको कार्यालयमा राखिएको छ ।[२]

मेल्लेख
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाअछाम
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षलोकबहादुर बोहरा (माओवादी केन्द्र)
 • उपाध्यक्षधनबहादुर शाही(नेपाली कांग्रेस)
क्षेत्रफल
 • जम्मा१३४.७८ किमी (५२.०४ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२४,६७०
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको विन्ध्यवासिनी गाविसको कार्यालय
वेबसाइटmellekhmun.gov.np

परिचय सम्पादन गर्नुहोस्

नेपाल २०७३ साल फागुन २२ गतेको मन्त्री परिषदको निर्णय अनुसार अछाम जिल्लामा पर्ने साविकका ऋिषिदह, ठाँटी, कुस्कोट, विन्ध्यवासिनी, शोडषा, नन्देगडा र हात्तिकोट गाविस हरूलाई समेटेर बनाइएको मेल्लेख गाउँपालिका बनेको यस क्षेत्रलाई पहिले पन्ध्रबिस भनेर पनि चिनिन्थ्यो । राणा शासन कालमा हालको डोटी जिल्लामा गौंडा अड्डा स्थापना गरी अछामबाट कुत र सिरतो (वालि वा कर) उठाउन विभिन्न क्षेत्रबाट सजिलो होस् भनेर कोटा तोकिएको थियो । यस क्षेत्रबाट पन्ध्रबिस (१५×२०= ३००) रुपैयाँ तिरो तिर्नु पर्ने भएकोले यस क्षेत्रको नाम पन्ध्रबिस रहेको हो । यहाँका पुरै जङ्गलमा मेलका रुखहरू धेरै भएका कारण यस क्षेत्रलाई मेलरुख भनिन्थ्यो । पछि गएर मेलरुख शब्दको अपभ्रंश भएर मेल्लेख नाम पर्न गएको हो । नेपालको एकिकरण पहिले बाइसे राज्य मध्यको बिमकोट राज्यका राजाको शासन व्यवस्था यस क्षेत्रमा रहेको थियो [३]

जनसङ्ख्या र भूगोल सम्पादन गर्नुहोस्

यस मेल्लेख गाउँपालिकालाई ८ वटा वडाहरूमा विभाजन गरिएको छ । अछाम जिल्लाको सदरमुकाम मंगलसेनबाट यस गाउँपालिकाको केन्द्र बिन्ध्यबासिनी ९ कोष उत्तरमा अवस्थित छ । यस गाउँपालिकाको सिमाना पूर्वमा रामारोशन गाउँपालिका, पश्चिममा साँफेबगर नगरपालिका, दक्षिणमा बान्नीगढी जयगढ गाउँपालिका र उत्तरमा बाजुरा जिल्ला सँग जोडिएको छ । मेल्लेख गाउँपालिकाको केन्द्र रहेको स्थान समुद्री सतहदेखि १६९८ मिटर उचाइमा रहेको छ [३]। मेल्लेख गाउँपालिका २९°१५१९.५ उत्तरी अक्षांस देखि ८१°१७११.११ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १३४.७८ वर्गकिलोमिटर रहेको छ । २०६८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसङ्ख्या २४,६७० रहेको छ भने यहाँ ४,३६० वटा घरधुरी रहेका छन् । यस गाउँपालिकाको औसत जनघनत्व ५.४ रहेको छ [३]

मेल्लेख गाउँपालिकाको विस्तृत विवरण
क्रम सङ्ख्या हालको वडा समावेश गाविस जनसङ्ख्या क्षेत्रफल (वर्गकिलोमिटर)
ऋषिदह (१, ३, ४, ८ र ९) २४७८ १५.२३
ऋषिदह (२, ५, ६ र ७) २०८२ १६.६१
ठाँटी (१-९) २६७३ १०.२५
कुस्कोट (१-९) ४७५४ १९.७
विन्ध्यवासिनी (१-९) ३२२२ १४२५
शोडषादेवी (१-९) ३९३४ ३०.०८
नन्देगडा (१-९) ३७८० २०.६३
हात्तिकोट (१-९) १८४७ ८.०२
जम्मा ८ वटा वडा ७ वटा गाविसहरू समावेश २४,६७० १३४.७७

विकासका गतिविधिहरू सम्पादन गर्नुहोस्

यो गाउँपालिका स्थापना गरिएको मितिसम्म ८ वटा वडाका वडा कार्यालयहरूमा सडक ट्रयाक खोलिएका थिए भने १ नंवर वडाको वडा कार्यालयमा सडकले छोएको छैन । यस गाउँपालिकामा गाउँपालिका स्थापना गरिएको मितिसम्म भएका अन्य विकासका गतिविधिहरू यहाँ बुँदागत रूपमा राखिएको छ[३] :-

शिक्षा
यस गाउँपालिकामा स्नातक तह सम्मको १ क्याम्पस रहेको छ भने १ प्राविधिक शिक्षालय रहेको छ । यसैगरी यस गाउँपालिकामा ९ वटा माध्यमिक विद्यालय समेत गरेर ४३ वटा विद्यालय रहेका छन् । यस गाउँपालिकामा ३४ वटा बालविकास केन्द्र र ३ वटा सामुदायिक सिकाइ केन्द्र रहेका छन् ।
स्वास्थ्य
मेल्लेख गाउँपालिकामा ७ वटा स्वास्थ्य चौकी र २ नंवर वडामा सामुदायिक स्वास्थ्य चौकी रहेको छ । यस गाउँपालिकामा २१ वटा गाउँघर क्लिनिक र २२ वटा खोप क्लिनिक रहेका छन् ।
कृषि
मेल्लेख गाउँपालिकाका जनताहरूको मुख्य आयस्रोत नै कृषि हो । यहाँको मुख्य बाली मकै, गहुँ, जौ, कोदो, धान, भटमास, आलु आदि भएता पनि यस गाउँपालिकामा खाद्यान्नको अभाव धेरै रहन्छ । मेल्लेख गाउँपालिका पशुपालनको अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो । यहाँका कृषकहरूको आयआर्जनको मुख्य स्रोत पशुपालन रहेको छ । यस गाउँपालिकामा पशु शाखाको तथ्याङ्क अनुसार यस गाउँपालिकामा १६ हजार बाख्रा, ३०० भेडा, १०,३८४ गाईगोरु ८,५५० राँगाभैंसी रहेका छन् । जसमध्ये दूध दिने गाई र भैंसीको सङ्ख्या २,०२५ सम्म रहेको छ ।
सञ्चार
मेल्लेख गाउँपालिकाको केन्द्रमा १ हुलाक र ६ वटा वडामा अतिरिक्त हुलाकको व्यवस्था गरिएको छ ।

पर्यावरण, पर्यटन तथा संस्कृति सम्पादन गर्नुहोस्

यस गाउँपालिकाका केही वडाहरूमा घना तथा बाक्ला जङ्गल यस क्षेत्रको विशेषता हो । बाक्लो जङ्गल भएता पनि कुकाठको बाहुल्यता विद्यमान रहेको छ । खासगरी १२०० मिटर भन्दा माथिल्लो भागमा न्यानो समशितोष्ण हावापानी रहेको छ । १२०० मिटर देखि ३३०० मिटर सम्मको उचाईमा हावापानीको विविधता पाइन्छ । मेल्लेख गाउँपालिकाका मुख्य पर्यटकीय स्थलहरूमा ऋिषिदह र शोडषाको  सङ्गमस्थलमा रहेको ऋषिदह ताल, छोटी मालिका, शोडषाको गङ्गा जमुना र डाँफे ताल, विन्ध्यवासिनीको सिजापति मराजले चिनेको देवल, नन्गडाको चुलिकोट, आदि हुन् । पुतला नाच, न्याउले खेल, देउडा, भुवा नाच, हुड्के नाच, धमारी, होली आदि यहाँका मुख्य संस्कृतिहरू हुन्[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ "संक्षिप्त परिचय" (नेपालीमा), http://mellekhmun.gov.np। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्