ढकारी गाउँपालिका अछाम जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरिएपछि अछाम जिल्लामा पर्ने साविकका ढकारी, हिच्मा, ढुंगाचाल्ना, बलाँताघोडासैन गाविसहरूलाई जोडेर ढकारी गाउँपालिका बनाइएको हो ।[५][६] ढकारी गाउँपालिकाको कूल क्षेत्रफल २२७.८८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २१,५६२ रहेको छ ।नेपाल मानव विकास प्रतिवेदन २०१४ तथा गरिबीको लघु क्षेत्र अनुमान २०६८ मा अछाम जिल्लाको सन्दर्भमा औंल्याएका तथ्यहरू लाई हेर्दा यस गाउँपालिको हकमा पनि सामान्यीकरण गरिएको छ । नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार अछाम जिल्ला मानव विकास सूचकाङ्कका दृष्टिकोणले ७५ जिल्लाहरू मध्य ७१ औँ स्थानमा पर्दछ । यस जिल्लाको मानव विकास सूचकाङ्कको मान ०.३७८ रहेको छ । जस अनुसार औषत आयु ६७.१४ वर्ष तथा प्रतिव्यक्ति आम्दानी ५३६ अमेरिकी डलर रहेको छ । गरिबीको लघु क्षेत्र अनुमान २०६८ अनुसार गरिबीको दर ४७.२% रहेको देखिन्छ[७] । यस गाउँपालिकाको सिमाना पूर्वमा कमलबजार नगरपालिकातुर्माखाँद गाउँपालिका , पश्चिममा डोटी जिल्लासुर्खेत जिल्ला, उत्तरमा मंगलसेन नगरपालिकाकमलबजार नगरपालिका तथा दक्षिणमा सुर्खेत जिल्ला सँग जोडिएको छ ।[८] ढकारी गाउँपालिका सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित छ । साविकका ५ वटा गाविसहरू मिलेर बनाइएको यस गाउँपालिकामा ८ वटा वडाहरू रहेका छन् । अछाम जिल्लामा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी जम्मा १० वटा स्थानीय तहहरू मध्ये यो गाउँपालिका अछाम जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । अछाम जिल्लाको जिल्ला सदरमुकाम देखि करिब ५० किलोमिटरको दुरीमा रहेको यस गाउँपालिकाको केन्द्र साविकको ढकारी गाविस अथवा हालको वडा नंवर १ मा रहेको छ । पूर्ववत रूपमा नेपालको सुदूरपश्चिम विकास क्षेत्रमा पर्ने सेती अञ्चल भित्र रहेको यो गाउँपालिका प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि क्षेत्र नम्बर २ तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि मधेश प्रदेश (ख) अन्तर्गत पर्दछ[७]

ढकारी गाउँपालिका
Dhakari Ruralmunicipality
ढकारी गाउँपालिका
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षप्रकाश बहादुर साउद [१] (नेपाली कांग्रेस)
 • उपाध्यक्षनेत्रकला देवी शाही (नेपाली कांग्रेस)[१]
 • सूचना अधिकारीबिक्रम बोहरा
क्षेत्रफल
 • जम्मा२२७.८८ किमी (८७.९८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,५६२
 • घनत्व९५/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-097
केन्द्रसाविकको ढकारी गाविसको कार्यालय
वेबसाइटdhakarimun.gov.np

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

समुन्द्री सतहबाट करिब ६०० मिटर देखि २२०० मिटर सम्मको उचाईमा अवस्थित ढकारी गाउँपालिका २८°५३'५" देखि २९°०३'१५" उत्तरी अक्षांश र ८१°०३'४५" देखि ८१°२०'३०" पूर्वी देशान्तरमा फैलिएको छ । यो गाउँपालिका अछाम जिल्लाको सदरमुकाम मंगलसेन देखि करिब ५० किलोमिटर पूर्वी भागमा अवस्थित छ । यस गाउँपालिकाको सिमाना पूर्वमा कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका, पश्चिममा डोटी जिल्ला, उत्तरमा मंगलसेन नगरपालिका र दक्षिणमा सुर्खेत जिल्लासँग जोडिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल २२७.८८ वर्गकिलोमिटर रहेको छ [७] मध्य पहाडी भौगोलिक विशेषता बोकेको ढकारी गाउँपालिका धरातलीय स्वरूपका हिसाबले विविधता युक्त रहेको छ । अधिकांश जमिनको बनौट भिरालो प्रकृतिको छ भने नदी तटीय क्षेत्र लगायतका केही अन्य क्षेत्रमा समथर जमीन पनि रहेको छ । महाभारत पर्वतिय पहाडी श्रृङ्खलाले बनेको यस गाउँपालिकामा कडा खालको चट्टानी भू-भाग, भिरपाखा तथा बसोवास योग्य क्षेत्र सहितको विविधता युक्त धरातलीय स्वरूप रहेको छ ।[७]

नामांकन सम्पादन गर्नुहोस्

नवगठित स्थानीय तह ढकारी गाउँपालिका अछाम जिल्लामा पर्ने साविकका ५ वटा गाविसहरू हिच्मा, बलाँता, ढुंगाचाल्ना, ढकारी र घोडासैन जोडेर बनाइएको हो । यो गाउँपालिकाको ऐतिहासिक रूपले डोटी राज्यसँग सामाप्यता रहेको छ । ढकारी गाउँपालिकाको नामांकनको सन्दर्भमा स्थानीय जानकार व्यक्तिहरूका अनुसार हाल बजार रहेको ढकारी क्षेत्रमा धेरै पहिले ढाक्रेहरूको थकाइ मेट्ने स्थानको रूपमा प्रयोग हुँदै आएको र यस नामबाट नै साविकको गाविस ढकारी नामांकन रहेको र स्थानीय तहको पुनः संरचना हुँदा त्यही नाम त्यो क्षेत्रको लागि प्रसिद्ध रहेको हुनाले ढकारी गाउँपालिकाको नामकरण गरिएको हो[७] । 

प्राकृतिक सम्पदाहरू सम्पादन गर्नुहोस्

ढकारी गाउँपालिका क्षेत्रमा रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू, आर्थिक अभ्यास र उपलब्ध मानवीय पुँजी तथा पुर्वाधार लगायतको अवस्थालाई हेर्ने हो भने यस गाउँपालिकामा विकासका प्रशस्त सम्भावनाहरूको आँकलन गर्न सकिन्छ । वनक्षेत्रले ओगटेको क्षेत्र हेर्दा जङ्गल र झाडी गरी करिब ७२ प्रतिशत र खेति गरिएको जमिन २५.४१ प्रतिशत रहेको छ । ढकारी गाउँपालिका हुँदै बग्ने रिमाखोला, चाइराखोला, खातीखोला, ढुङ्गानीखोला, घामखोला, बुढाखोला, कालीखोला, तोलसेन खोला, गुगाड खोला, स्याउले खोला र कर्णाली नदी, यहाँका मुख्य जल सम्पदाहरू हुन् । यस क्षेत्रमा रहेका राष्ट्रिय वन, तामाखानी सामुदायिक वन, मधुवन सामुदायिक वन, विन्द्रासैनी सामुदायिक वन, त्रिपुरासुन्दरी सामुदायिक वन, आदि यहाँका वन सम्पदाहरू हुन् । जैविक विविधताका हिसाबले उच्च पहाडी चिसो हावापानीमा पाइने जीव तथा वनस्पतिहरू अमला, तेजपात, बाघ, भालु, मृग, बँदेल तथा कालिज, लुइँचे, डाँफे मुख्य रूपमा रहेका छन् । यसका पहाडको माथिल्लो भागमा अधिकांश स्थानमा वन र खर्कहरू रहेका छन् । बालुवा लगायतका खनिजहरू यस क्षेत्रमा पाइन्छन् ।[७]

संस्कृति सम्पादन गर्नुहोस्

डोटेली संस्कृतिको प्रभाव रहेको ढकारी गाउँपालिका क्षेत्रमा खस सभ्यता तथा हिन्दू संस्कृतिको अनुपम संगम रहेको छ । सामाजिक रितिरिवाज र चाडपर्वमा बडा दशैं, तिहार, चैते दशैं, जन्माष्टमी, साउने संक्रान्ति, माघे संक्रान्ति, होली, भुवा पर्व, बिसु पर्व आदि यहाँका मुख्य चाडपर्व हुन् । सामान्यतया यहाँका पुरुषहरूले सर्ट, पाइन्ट, कोट, टोपी र महिलाहरूले गुन्यू, चोलो, सारी, कुर्ता सुरुवाल भेषभुषाका  रूपमा लगाउने गर्छन् । मिश्रित बसोबास रहेको यस गाउँपालिकामा ब्राह्मण, क्षत्री, दलित र जनजातिको बसोबास भएतापनि क्षेत्रिहरूको बाहुल्यता बढी रहेको छ । धार्मिक महत्त्व बोकेका जालपादेवी मन्दिर, मष्टा मन्दिर, शिव मन्दिर, सूर्यकाँडा माई, बण्डाली माईको मन्दिर, नवदुर्गा मन्दिर र तितौडा मन्दिर जस्ता स्थल तथा मन्दिरहरू यस गाउँपालिकामा रहेका छन् । यस गाउँपालिकामा अधिकांश रूपमा अछामी भाषाको प्रयोग गरिन्छ । देउडा, पुतला नाच, धमारी, हुड्केउली आदि यहाँका मुख्य परम्परागत नृत्यहरू हुन्[७]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Dhakari "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), नेपालखबर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-२८ मिति
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ "संक्षिप्त परिचय", ढकारी गाउँपालिकाको कार्यालय। 
  8. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यि पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्