सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक
सुनकोशी गाउँपालिका बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पर्ने एउटा गाउँपालिका हो । यस गाउँपालिका हुदै बग्ने सुनकोशी खोलाको नामबाट यसको नामाकरण गरिएको थियो। वि.सं. २०७३/११/२७ देखि लागू हुने गरी बनाइएको यस गाउँपालिका घोषणा गर्दा तत्कालीन ६ गाविसहरू ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी, थुम्पाखर र पाङ्ग्रेटारलाई गाभिएको थियो। यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन्।
सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक | |
---|---|
निर्देशाङ्क: २८°०३′N ८५°३२′E / २८.०५°N ८५.५३°Eनिर्देशाङ्कहरू: २८°०३′N ८५°३२′E / २८.०५°N ८५.५३°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुपाल्चोक |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | टपिन्द्रप्रसाद तिमल्सिना (नेकपा (एमाले)) |
• उपाध्यक्ष | कान्छी लामा (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ७२.८४ किमी२ (२८.१२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,१७६ |
• घनत्व | २१०/किमी२ (५४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०११ |
वेबसाइट | आधिकारिक वेबसाइट |
यस गाउँपालिकामा विशेष गरी हिन्दु र वौद्ध धर्मावालम्वीहरूको बसोबास रहेको छ । यहाँ व्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरूले कृषि, पशुपालन र व्यापारलाई मुख्य पेशाको रूपमा ऐतिहासिक कालबाटै अङ्गाल्दै आएका छन्। यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु स्थानीय बजार क्षेत्रमा बढी खपत र बिक्री हुने गरेको छ। भौगोलिक रूपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस गाउँपालिकामा मानव बसोवास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन्।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोकको कुल जनसङ्ख्या १५,१७६ रहेको छ भने यहाँ ४,४५१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१२ मिति