रूपा गाउँपालिका
रूपा गाउँपालिका कास्की जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका थुम्की, सिद्ध, देउराली (५), रूपाकोट र हंसपुर (१-४, ६,७,९) गाविसहरू यसमा गाभिएका थिए।
रूपा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°०९′०९″N ८४°०९′०२″E / २८.१५२५८६°N ८४.१५०४७७°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | नवराज ओझा (नेकपा (एमाले)) |
• उपाध्यक्ष | लालसुवा गुरुङ (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ९४.८१ किमी२ (३६.६१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४,८९१ |
• घनत्व | १६०/किमी२ (४१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०६१ |
केन्द्र | साविकको रूपाकोट गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रूपा गाउँपालिकाको कुल जनसङ्ख्या १४,८९१ रहेको छ भने यहाँ ३,६६३ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्रूपा गाउँपालिकाको क्षेत्रफल ९४.८१ वर्ग किलोमिटर रहेको छ। यो गाउँपालिका ७ वडाहरूमा विभाजन गरिएको छ। यस गाउँपालिका उत्तरमा मादी गाउँपालिका, पश्चिममा पोखरा महानगरपालिका, दक्षिणमा तनहुँ जिल्लाका व्यास र शुक्लागण्डकी नगरपालिका तथा पूर्वमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका अवस्थित छ।[४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।