मानेभञ्ज्याङ गाउँपालिका
मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कुईभिर, पोखरे, दियाले, रातमाटे, सेर्ना, भदौरे र माम्खा गाविसहरू यसमा गाभिएका थिए।
मानेभञ्ज्याङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°२६′N ८६°२२′E / 27.43°N 86.37°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ओखलढुङ्गा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | ज्ञानेन्द्र रुम्दाली (स्वतन्त्र ) |
• उपाध्यक्ष | आश्राचन राई (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १२६.९१ किमी२ (४९�०० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १९,५९७ |
• घनत्व | १५०/किमी२ (४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३७ |
कार्यालय | वडा नं. ५ मानेभञ्ज्याङ |
वेबसाइट | आधिकारिक वेबसाइट |
यो गाउँपालिका १४६ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभञ्ज्याङ्गमा रहेको छ ।[४][५][३]
यस गाउँपालिकाको सिमाना पूर्वमा खोटाङ जिल्ला, पश्चिममा सुनकोशी गाउँपालिका, उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर र खोटाङ जिल्ला रहेको छ भने गाउँपालिकाको कूल जनसंख्या २१ हजार ८२ जना रहेको छ। आठ वटा साविकका गाविस मिलाएर बनेको गाउँपालिका वडा नं. १ मोली, वडा नं. २ वाक्सा, वडा नं. ३ उवुँ, वडा नं. ४ केतुके, वडा नं. ५ मानेभञ्ज्याङ, वडा नं. ६ थाक्ले, वडा नं. ७ टोक्सेल, वडा नं. ८ राघवपुर र वडा नं. ९ माधवपुर रहेका छन्।[६]
जिल्लाको नगरपालिकापछि विकासको दृष्टिकोणले हेर्दा यो गाउँपालिका अग्र देखिन्छ। हाल यहाँ २ उमावि र क्याम्पस, ८ स्वास्थ्यचौकी, १ कृषि सेवा केन्द्र, १ पशु सेवा केन्द्र, १ इलाका बन र रेन्जपोष्ट, २५ किलोमिटर कालोपत्रे र १२४ किलोमिटर ग्राभेल रहेको छ। यस गाउँपालिकाभित्र राई, तामाङ्ग, मगर, क्षेत्री, ब्राह्मण, नेवार, कामी, दमाई, सार्की, माझी, भुजेल लगायत जातजाति भाषा–भाषीको बसोबास रहेको छ।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मानेभञ्ज्याङ गाउँपालिकाको कुल जनसङ्ख्या १९,५९७ रहेको छ भने यहाँ ४,७८५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- जिल्ला विकास समितिको कार्यालय, ओखलढुङ्गा वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-१८ मिति