प्रतापपुर गाउँपालिका
प्रतापपुर गाउँपालिका नेपालको लुम्बिनी प्रदेशमा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवस्थित एक गाउँपालिका हो। नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७५३ वटा स्थानीय तहहरू बनाउने निर्णय पारित गरेपछि वि.सं. २०७३ फागुन २७ गते यो गाउँपालिकाको गठन भएको थियो।[२][३] तत्कालिन नवलपरासी जिल्लाका जमुनियाको (२-७,९) वडाहरू, रूपौलियाको (३-९) वडाहरू, गुठीसूर्यपुरा, कुडिया र प्रतापपुर गाउँ विकास समितिहरूलाई समेटेर प्रतापपुर गाउँपालिका घोषणा गरिएको थियो।[४][५][६] प्रतापपुर गाउँपालिकाको कुल जनसङ्ख्या ४९,८९७ रहेको छ ।[७]
प्रतापपुर गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३१′N ८३°४२′E / २७.५२°N ८३.७०°Eनिर्देशाङ्कहरू: २७°३१′N ८३°४२′E / २७.५२°N ८३.७०°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) |
स्थापना | वि.सं. २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | उमेशचन्द्र यादव (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | मानकुमारी चौधरी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ८७.५५ किमी२ (३३.८० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४९,८९७ |
• घनत्व | ५७०/किमी२ (१५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
कार्यालय | साविकको प्रतापपुर गाविसको कार्यालय |
वेबसाइट | pratappurmun |
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्प्रतापपुर गाउँपालिकाको क्षेत्रफल ८७.५५ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिकामा ९ वटा वडा रहेको छ। यसको सीमाना पूर्वमा सुस्ता गाउँपालिका पश्चिममा सरावल गाउँपालिका उत्तरमा बर्दघाट नगरपालिका तथा दक्षिणमा भारत रहेका छन्।[८]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाइन खबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिका कायम गर्ने गरी उक्त एकाईहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।