कालिका गाउँपालिका रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट २४ किमी दक्षिण पूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूवनौटमा फैलिएको साबिक  धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८ , राम्चे गाविस र भोर्ले गाविसको वडा नं १, ६, ८, ९ वडा मिलेर बनेको हो ।[][] ५ वटा वडा रहेको यस गाउँपालिकाका मुख्य स्थानहरूमा बेतिनी, धारापानी, कटुञ्जे, कालिकास्थान, धैबुङकोट, धुसेनी, रूप्सेपानी, भदौरे, जिबजिबे, ज्याङलाङ, पराङ्से, गोम्बोडाँडा, राम्चे, ग्राङ र पलेप रहेका छन् ।[][]

कालिका गाउँपालिका
कालिका गाउँपालिका is located in बागमती प्रदेश
कालिका गाउँपालिका
बागमती प्रदेशको नक्सामा कालिका गाउँपालिकाको अवस्थिति
कालिका गाउँपालिका is located in नेपाल
कालिका गाउँपालिका
कालिका गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E / 27.99194; 85.18278निर्देशाङ्कहरू: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E / 27.99194; 85.18278
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारसुवा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहरीकृष्ण देवकोटा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमिरा तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१९२.५४ किमी (७४.३४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,११५
 • घनत्व५३/किमी (१४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

यो गाउँपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत समुद्री सतहबाट ९५० मिटरदेखि २२०० मिटर उचाईसम्म फैलिएको छ । जसको पूर्वमा नौकुण्ड गाउँपालिका, पश्चिममा उत्तरगया गाउँपालिका, दक्षिणमा फलाँखु खोला (नुवाकोटसँग जोडिएको) र त्रिशुली खोला तथा गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको लाङटाङ राष्ट्रिय निकुञ्ज पर्दछ ।  

भौगोलिक अवस्थिति

सम्पादन गर्नुहोस्

धरातलीय स्वरूप अनुसार यस गाउँपालिकालाई तीन भागमा विभाजन गर्न सकिन्छ । १) ११००-१५००मी उचाईसम्मका भूभागलाई मध्यपहाडी भागमा राखिएको छ, जसमा मानव वस्ती बाक्लो रहेको छ । २) १५०० भन्दा माथि २२०० सम्मको भागलाई तल्लो लेकाली भागमा राखिएको छ । ३) ९५० देखि ११०० मिटरसम्मको भागलाई बेसी भागमा राखिएको छ ।

यस गाउँपालिकामा विशेष गरी पाँच किसिमका हावापानी पाईने गर्दछ । हावापानी पाईने क्षेत्र, तापक्रम, वर्षा तथा फैलिएको उचाईलाई यसरी तालिकामा राखिएको छ । कालिका गापामा पाईने हावापानीको विवरण

क्र.सं. पाईने हावापानी १ उष्ण मौसमी हावापानी २ अर्ध उष्ण हावापानी ३ समशीतोष्ण हावापानी ४ ठण्डा शीतोष्ण हावापानी ५ लेकाली हावापानी

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालिका गाउँपालिकाको कुल जनसङ्ख्या १०,११५ रहेको छ भने यहाँ २,४४७ घरधुरी रहेका छन्।[]


कालिका गाउँपालिकाका अवसरहरू

सम्पादन गर्नुहोस्

यस गाउँपालिकाका अवसरहरू : क) ग्रामीण तथा कृषि पर्यटन : यस गाउँपालिकामा रहेका विविध सांस्कृतिक, प्राकृतिक तथा ऐतिहाँसिक महत्त्वहरूको प्रचार-प्रसार, कृषि पर्यटनको प्रबल सम्भावना रहेको छ । गाउँगाउँमा होमस्टे (आवास) निर्माण गरी बाह्य तथा आन्तरिक पर्यटकहरूलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न सकिने सम्भावना रहेको छ । हालसम्म भएका केही लक्षणहरूले पनि यसको सम्भावनालाई नजिक्याउँदै छ । यस गाउँपालिकामा रहेका मिश्रित बस्ती, मिश्रित भेषभूषा, मिश्रित संस्कृतिलाई प्रचारप्रसार गर्न सकेमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै जनताको जीविकोपार्जमा सुधार ल्याउन सकिनेछ ।

ख) तरकारी उत्पादन तथा फलफूल खेती : यस गाउँपालिकाको विभिन्न स्थानमा विभिन्न समयमा मौषमी तथा बेमौषमी तरकारी खेती उत्पादन गर्न सकिन्छ । हालैको अवस्थालाई हेर्दा पनि यहाँको उत्पादनले रसुवा जिल्लाका स्थानीय बजारलाई केही हदसम्म बजार माग पुरा गर्न सकेको छ भने कुनै समयमा धेरै उत्पादन हुँदा कुशल बजारीकरणको अभावले पनि राम्रो मूल्य प्राप्त गर्न सकेको छैन । तरकारी तथा फलफूल उत्पादनलाई वस्तीस्तरीय पकेट क्षेत्र निर्मण गरी उत्पादित वस्तुलाई केरुङ लक्षित बजार प्रबर्दन तथा बिक्री वितरण गर्ने सम्भावना प्रबल रहेको छ ।

ग) कृषि तथा पशुपंक्षी पालन : यस गाउँपालिकाका प्राय स्थानहरूमा कृषि तथा पशु पंक्षी पालन गर्न सकिने सम्भावना रहेको छ । हालैको अवस्थालाई हेर्दा पनि यस गाउँपालिकामा पर्याप्त मात्रामा पशुपालन गरिएको पाईन्छ । व्यवसायिक तबरले पनि पशुपंक्षी पालन गरिएको अवस्था छ । सो को तथ्याङ्क विवरण नं मा हेर्न सकिन्छ । यही अवस्थालाई मध्यनजर गर्दै कालिका गाउँपालिकाको तेस्रो गाउँसभा (२०७५/०७६) ले कृषि, पर्यटन र पशुपंक्षी : कालिका गाउँपालिकाको संबृद्दि भन्ने मूलनारालाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेको छ ।

घ) सौर्य उर्जा तथा बैकल्पिक उर्जाको विकास : यस गाउँपालिकाका प्राय भूभागमा बिहानदेखि बेलुकीसम्म सूर्यको किरण पर्ने भएकोले यहाँ सौर्य उर्जाको विकास र प्रयोग, सूर्यको किरणसहित पशुपालनमा पनि यहाँका समुदाय संलग्न भएको हिशाबले यहाँ गोबरग्याँस प्रविधिको उत्पादन र प्रयोग गरी खड्किँदो उर्जा तथा इन्धनको अभाव टार्न सकिन्छ । जसका कारण वातावरणीय संरक्षण, जीविकोपार्जनामा सुधार र बढ्दो खर्चलाई कम गर्न सकिन्छ । ङ) फोहोरबाट मोहोर : यस गाउँपालिकाभित्र रहेका बजारहरूमा पाईने फोहोरलाई बर्गीकरण गरी प्रशोधन गर्ने हो भने फोहोरबाट मल उत्पादन गरी फोहोरलाई मोहोरमा परिणत गर्न सकिने सम्भावना रहेको छ । यसैलाई मध्यनजर गर्दै कालिका गाउँपालिकाको तेस्रो गाउँ सभा (२०७५/७६) ले फोहोरलाई बर्गीकरण गरी उठाउने र त्यसलाई प्रशोधन गर्ने नीति लिएको छ । यसै वर्षबाट सो कार्यलाई मूर्तता दिन गाउँपालिकाले आफ्नै लगानीमा फोहोर सङ्कलन गर्ने गाडीको व्यवस्था गरेको छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्