कैलाली जिल्ला
कैलाली जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम धनगढी रहेको जिल्लाले ३,२३५ वर्ग किलोमिटर (१,२४९ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र जनसङ्ख्या ९११,१५५ (२०७८) छ। कैलाली जिल्लाको पूर्वमा-कर्णाली नदी, बर्दियार सुर्खेत, पश्चिममा-कञ्चनपुर र डडेलधुरा, उत्तरमा-डोटीडडेलधुरा र सुर्खेत, दक्षिणमा- मोहना नदी र भारतको उत्तर प्रदेश राज्यहरू रहेका छन्।
कैलाली जिल्ला | |
---|---|
![]() कैलाली जिल्ला | |
निर्देशाङ्क: २८°४१′उ॰ ८०°५२′पू॰ / २८.६८३°N ८०.८६७°Eनिर्देशाङ्कहरू: २८°४१′उ॰ ८०°५२′पू॰ / २८.६८३°N ८०.८६७°E | |
देश | ![]() |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
सदरमुकाम | धनगढी |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, कैलाली |
क्षेत्रफल | |
• जम्मा | ३,२३५ किमी२ (१२४९ वर्ग माइल) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | ९१११५५[१] |
• घनत्व | २८१.७/किमी२ (७३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली • डोटेली • थारु |
वेबसाइट | आधिकारिक वेबसाइट |
नामाकरणसम्पादन
कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन्। ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन्। परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो। माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ। सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ।प्रधानमन्त्री श्री ३ जङ्गको समयमा कैलाली नयाँ मुलुकको रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो।
भूगोलसम्पादन
- अक्षांस: २८.२२" उत्तर देखि २९.५" उत्तर सम्म
- देशान्तर: ८०.३०" पूर्व देखि ८१.१८" पूर्व सम्म
- सिमाना: पूर्व-कर्णाली नदी, बर्दियार सुर्खेत, पश्चिम-कञ्चनपुर र डडेलधुरा, उत्तर-डोटीडडेलधुरा र सुर्खेत, दक्षिण- मोहना नदी र भारतको उत्तर प्रदेश राज्य
- क्षेत्रफल: ३,२३५ वर्ग किलोमिटर(पहाड ४०.३% र तराई ५९.७%)
- सबभन्दा अग्लोस्थान: १,९५० मिटर
- सबभन्दा होचोस्थान: १०९ मिटर
- धरातल: चुरे पहाडी प्रदेश र तराई प्रदेश
प्रशासनिक विभाजनसम्पादन
जिल्लामा १३ स्थानीय तह छन्, जसमध्ये एउटा उपमहानगरपालिका, ६ सहरी नगरपालिका र ६ वटा गाउँपालिका छन्।
स्थानीय तह | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या |
---|---|---|---|
धनगढी उपमहानगरपालिका | १९ | धनगढी | १४७,७४१ |
लम्कीचुहा नगरपालिका | १० | भल्का | ९०,९४१ |
टिकापुर नगरपालिका | ९ | टीकापुर | ७६,०८४ |
घोडाघोडी नगरपालिका | १२ | सुखड | ४२,५१५ |
भजनी नगरपालिका | ९ | भजनी त्रिशक्ति | ३८,१४९ |
गोदावरी नगरपालिका | १२ | अत्तरिया | ७८,०१८ |
गौरीगङ्गा नगरपालिका | ११ | चौमाला | ६४,३२७ |
जानकी गाउँपालिका | ९ | दुर्गौली | ४८,५४० |
बर्दगोरिया गाउँपालिका | ६ | मुडा | ३२,६८३ |
मोहन्याल गाउँपालिका | ७ | खिमडी | २२,०५३ |
कैलारी गाउँपालिका | ९ | कैलारी | ४७,९८७ |
जोशीपुर गाउँपालिका | ७ | जाेशीपुर | ३७,१८७ |
चुरे गाउँपालिका | ६ | घरखेडा | १८,९२३ |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथाङ्क विभाग, माघ २०७८, अन्तिम पहुँच १७ चैत २०७९।