खप्तड छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा काँडा, जयबागेश्वरी, गुदुखाती, डोगडी र आटिचौर गाविसहरू यसमा गाभिएका थिए।
खप्तड छेडेदह गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°Eनिर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बाजुरा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | दिलबहादुर रावत (नेकपा (एमाले)) |
• उपाध्यक्ष | विसुदेवी नाथ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १३५.०८ किमी२ (५२.१५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १९,३०७ |
• घनत्व | १४०/किमी२ (३७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९७ |
केन्द्र | साविकको डोगडी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
यस गाउपालिको सिमाना पूर्वमा बडीमालिका नगरपालिका, पश्चिममा बझाङ जिल्ला, उत्तरमा गौमुल गाउँपालिका र दक्षिणमा बुढिगङ्गा नगरपालिका र अछाम जिल्लासँग जोडिएको छ।[४] भने यसले १३५.०५ वर्ग किलो क्षेत्र ओगटेको छ।[५]
नामकरण
सम्पादन गर्नुहोस्खप्तड राष्ट्रिय निकुञ्ज तथा छेडेदह ताल यसै क्षेत्रमा पर्ने भएकाले यसको नाम खप्तड छेडेदह राखिएको थियो।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खप्तड छेडेदह गाउँपालिकाको कुल जनसङ्ख्या १९,३०७ रहेको छ भने यहाँ ३,५७४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "Ministry of Federal Affairs", अन्तिम पहुँच ६ जुलाई २०२०।
- ↑ "National Population and Housing Census 2011(National Report)", केन्द्रीय तथ्याङ्क विभाग, नेपाल सरकार, २०१२, मूलबाट २०१३-०४-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०१-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति