सुनछहरी गाउँपालिका रोल्पा जिल्लाका ९ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा जेलवाङ, गाम, सिउरी, जैमाकसला, सेरमफगाम (२-९) गाविसहरू यसमा गाभिएका थिए। हाल यस गाउँपालिकामा साबिकको गाम गाविस २ वडामा बिभाजन भई ७ वटा वडाको रुपमा परिमार्जित भएको छ । वडा नं. १ सेरम, २ भित्री गाम, ३ बाहिरी गाम, ४ सिउरी, ५ जैमाकसला, ६ फगाम र ७ जेलवाङ गरी ७ वटा वडा मिलि एक गाउँपालिकाको भनेको छ । सुनछहरी गाउँपालिकाको नाम सुनछहरी झरनाको नाम बाट राखिएको हो भने सुनछहरी झरना सम्भवत लुम्बिनी प्रदेशकै सवैभन्दा अग्लो झरना हो।

सुनछहरी गाउँपालिका
सुनछहरी गाउँपालिका is located in लुम्बिनी प्रदेश
सुनछहरी गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा सुनछहरी गाउँपालिकाको अवस्थिति
सुनछहरी गाउँपालिका is located in नेपाल
सुनछहरी गाउँपालिका
सुनछहरी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२९′N ८२°४३′E / 28.48°N 82.72°E / 28.48; 82.72
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षधनबहादुर पुन मगर (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षननकला घर्ती (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२७७.६२ किमी (१०७.१९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,२४१
 • घनत्व६२/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
केन्द्रसाविक जैमाकसला गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पर्यटकिय स्थल

सम्पादन गर्नुहोस्

सुनछहरी गाउँपालिका पर्यटकिय हिसाबले प्रवल सम्भाबना बोकेको गाउँपालिका हो । रोल्पा रुकुम र बाग्लुङको सिमानामा पर्ने तिलाचन क्षेत्र तथा तिलाचन दह, रावाङ लेक, कोठीभीर, बिबाङ दह, बजुधुरी र गृहयुद्द हुँदा नेपालको सबैभन्दा वढी बलिदानी भएको गाउँ जेलवाङ आफैमा एउटा दस्तावेजको रुपमा प्रचित रहेको छ, युद्ध पर्यटनको पर्याप्ट सम्भाबना बोकेको र गुरिल्ला ट्रेकिङको शुरुवाती विन्दु पनि भएकाले यो गाउँ पर्यटकिय हिसाबमा निकै अब्बल साबित हुन्छ । जेलवाङ बाट करिव ६ घण्टाको दुरीमा हिडिएपछि चर्चित पर्यटकिय स्थल जलजला पुग्न सकिन्छ । वैशाख, जेठ र साउनको पुर्णिमाको दिन जलजला मा पुजाको लागि हजारौं तिर्थयात्रीहरु यो ठाउँ हुदै जलजला पुग्ने गर्दछन् ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनछहरी गाउँपालिकाको कुल जनसङ्ख्या १७,२४१ रहेको छ भने यहाँ ३,५८६ घरधुरी रहेका छन्।[]

सुनछहरी गाउँपालिकामा विभिन्न जातजातीको बिबिधता रहेको छ जसमा सबैभन्दा धेरै मगर, क्षेत्री, दलित, गुरुङ्ग, नेवारथकाली जातीको वसोबास रहेको छ । जसमा सबैभन्दा वढी मगर को जनसंख्या रहेको छ भने अल्पसंख्यकका रुपमा थकाली, गुरुङ्ग र नेवार रहेका छन् ।

भाषाभाषी र धर्म

सम्पादन गर्नुहोस्

सुनछहरी गाउँपालिकामा मगर समुदायको वाहुल्यता भएकाले मगर खाम भाषा बोल्नेको जनसंख्या वढी रहेको छ । जसमा वडा नं. ७ जेलवाङमा पर्वते खाम बोल्छन् भने वडा नं. १,२,३,४,र ५ मा गमाले खाम बोल्ने गर्दछन् । अन्य जातिले पनि मगरहरुको बाहुल्यता तथा एउटै समुदायमा पर्ने भएकाले अन्य जातिले पनि खाम भाषा बोलेको पाइन्छ । मगर जातिले विशेष गरी प्रकृति धर्म मान्ने गरीन्छ भने केहीले क्रिश्चियन धर्म पनि मान्ने गरेको पाइन्छ र अन्य जातिले हिन्दु धर्म मान्ने गर्दछन् ।[]

सुनछहरी गाउँपालिकाको जम्मा क्षेत्रफल २७७.६२ वर्ग किमी रहेको छ र १०७.१९ वर्ग माइल रहेको छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "पर्यटन बिभाग , नेपाल सरकार", www.tourismdepartment.gov.np, अन्तिम पहुँच २०२५-०४-१८ 
  4. "local level | national_population and housing_census_year results", censusnepal.cbs.gov.np, अन्तिम पहुँच २०२५-०४-१८ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्