त्रिवेणी गाउँपालिका, सल्यान

त्रिवेणी नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सल्यान जिल्लामा रहेको एक गाउँपालिका हो।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशमा स्थानीय तह लागू गर्दा सल्यान जिल्लामा साविकको काभ्रा, काँरागिठी, फलावाङत्रिबेणी गाउँ विकास समितिहरूलाई जोडेर यो गाउँपालिका बनाइएको हो।[५][६] यो गाउँपालिकाको कुल क्षेत्रफल ११९.११ वर्गकिलोमिटर रहेको छ।[७]

त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका is located in कर्णाली प्रदेश
त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका
नक्सामा त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका is located in नेपाल
त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°१८′N ८२°१७′E / २८.३०°N ८२.२९°E / 28.30; 82.29निर्देशाङ्कहरू: २८°१८′N ८२°१७′E / २८.३०°N ८२.२९°E / 28.30; 82.29
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापनावि.सं. २०७३ फागुन २७
समावेश (गाविस)काभ्रा, काँरागिठी, फलावाङत्रिबेणी
सरकार
 • मेयरखिम बहादुर रावत
 • उपमेयरसीता खड्का पुन
क्षेत्रफल
 • जम्मा११९.११ किमी (४५.९९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,६२४
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटtrivenimunsalyan.gov.np

नामकरण सम्पादन गर्नुहोस्

शारदा खोला, लुहाम खोला र घुर खोलाको सङ्गम स्थल भएकाले यो गाउँपालिकाको नाम 'त्रिवेणी' राखिएको हो।

भूगोल सम्पादन गर्नुहोस्

यो गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका उत्तरमा शारदा नगरपालिकाछत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ। त्रिवेणी गाउँपालिका विश्व मानचित्रमा २८° १४' देखि २८° २०' उत्तरी आक्षांश र ८२° ०८' देखि ८२° २०' पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ भने समुद्री सतहबाट ७८३ देखि २,१०७ मिटरसम्मको उचाइमा अवस्थित छ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

वि.सं. २०६८ को जनगणनाअनुसार यस गाउँपालिकाको जनसङ्ख्या १६,६२४ रहेको छ। कुल जनसङ्ख्यामध्ये महिलाको जनसङ्ख्या ८,८९८ (५३.५३ प्रतिशत) र पुरुषको जनसङ्ख्या ७,७२६ (४६.४७ प्रतिशत) रहेको छ। यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ। वि.सं. २०६८ को जनगणनाअनुसार सबैभन्दा बढी क्षेत्री जाति ९,०९३ जना (५४.७२%), दोस्रोमा मगर जाति ४,४३५ (२६.६८%) र तेस्रोमा कामी जाति १,२९६ (७.८०%) रहेको छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३ 
  4. "हेर्नुहोस्, तपाईंँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फागुन २०७३ 
  5. "सबै गाविस र जीविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "स्थानीय तहसभको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फागुन २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्