कान्तिपुर दैनिक नेपाली भाषा मा प्रकाशित हुने नेपालको एक दैनिक पत्रिका हो। यो पत्रिकाको मुख्यालय नेपालको राजधानी काठमाडौँमा रहेको छ।

कान्तिपुर
प्रकारदैनिक समाचारपत्र
ढाँचाब्रोडसिट
मालिक(हरू)कान्तिपुर मिडिया ग्रुप
संस्थापक(हरू)श्याम गोयनका
प्रकाशककैलाश सिरोहिया
प्रमुख सम्पादकउमेश चौहान
भाषानेपाली
मुख्यालयथापाथली, काठमाडौँ
देशनेपाल
वितरण४,५३,०००[१]
वेबसाइटekantipur.com%20ekantipur.com
स्थापना२०४९ फागुन ९[२]

इतिहास तथा विकासक्रम

सम्पादन गर्नुहोस्

कान्तिपुर दैनिकको प्रथम पटक प्रकाशन २०४९ साल फागुन ९ गते भएको हो। कान्तिपुर दैनिकको शनिवासरिय परिशिष्टाङ्क कोशेलीको प्रकाशन २०५० साल वैशाख १२ बाट भएको थियो। कान्तिपुर दैनिक प्रकाशन सुरू भएको आठ वर्षपछि 'शुक्रबारे बालकोसेली' का रूपमा कोपिला आएको थियो। 'कोपिला'को नमुना अङ्क २०५७ फागुन ५ मा आएको थियो। 'कोपिला'को पहिलो नियमित अङ्क २०५७ फागुन १९ मा आएको थियो जसको संयोजन शाश्वत पराजुलीले गरेका थिए। २०६१ वैशाखदेखि राजेश कोइरालाले गरेका थिए। प्रत्येक साताको अन्त्यमा हेल्लो शुक्रबार पनि प्रकाशन हुने गर्दछ।

२०५४ पुस १७ गते देखि कान्तिपुर समाचारपत्र रङ्गीनमा प्रकाशित भएको थियो। यसको विराटनगर संस्करण २०५८ जेठ १९ बाट सुरू भएको थियो। स्थापनाकालदेखि नै योगेश उपाध्याय सम्पादकको रूपमा रहेका थिए। २०५७ साउन ७ देखि उक्त जिम्मेवारी युवराज घिमिरेले लिएका थिए। २९ असार २०७५ मा, नारायण वाग्ले यसको प्रधान सम्पादक बनेका थिए।[३] २०८० जेठ ७ सम्म, सुधीर शर्मा यसको प्रधान सम्पादकको रूपमा रहेका थिए।[४] हाल कान्तिपुरको सम्पादक उमेश चौहान हुन् जो ७ जेठ २०८० मा नियुक्त भएका थिए।[५]

कान्तिपुर पब्लिकेसन्स अन्तर्गत पाँच प्रकाशन छन्। देशका सातै वटा प्रदेशमा पब्लिकेसन्सका क्षेत्रीय कार्यालय छन्। ती सबै प्रदेशबाट यो पत्रिकाका क्षेत्रीय संस्करणहरू एकसाथ छापिन्छन्।

द काठमान्डू पोष्ट का सुरूका सम्पादक योगेश उपाध्याय नै थिए। त्यसपछि श्याम केसी, अखिलेश उपाध्याय र युवराज घिमिरे भएका थिए। २०७५ साउन २२ मा, पोस्टको सम्पादकमा अनुप काफ्ले नियुक्त भएका थिए।[६] २१ भदौ २०७९ मा, यो जिम्मेवारी विश्वास बराललाई दिइएको थियो।[७] 'कान्तिपुर दैनिक' र 'द काठमान्डू पोष्ट'लाई २०६२ वैशाख २१ देखि अन्तर्राष्ट्रिय आकारको बनाइएको थियो। यो आकार साविकभन्दा सानो हो।

कान्तिपुर एफएमको प्रसारण २०५५ असोज २८ (हाल २४ घन्टा नै प्रसारण) सुरू भएको हो। त्यसअघि २०५२मा रेडियो नेपालसँग ७ देखि १० बजेसम्म समय खरिद गरि प्रसारण हुन्थ्यो। धनकुटा जिल्लाको भेडेटारबाट एफएम प्रसारण २०५८ वैशाखमा भएको थियो।

यस पब्लिकेसन्सका 'कान्तिपुर दैनिक', 'द काठमान्डू पोष्ट', 'साप्ताहिक', 'नेपाल साप्ताहिक' र 'सर्वोत्तम नारी' पाँच प्रकाशन छन्। कान्तिपुर पब्लिकेसन्सभित्र 'कान्तिपुर अनलाइन' छ। उक्त अनलाईनलाई अहिले 'इ-कान्तिपुर'क‍ो रूपमा चिनिन्छ। कान्तिपुर अनलाइन २०५७ वैशाख १ मा सुरू भएको थियो। कान्तिपुर पब्लिकेसन्सका सबै प्रकाशन इन्टरनेटमा उपलब्ध छन्।

हालका प्रकाशनहरू

सम्पादन गर्नुहोस्
  • कान्तिपुर दैनिक
  • कोसेली
  • कोपिला (बालपत्रिका)
  • हेल्लो शुक्रबार
  • द काठमान्डू पोष्ट (दैनिक)
  • कान्तिपुर साप्ताहिक
  • नेपाल साप्ताहिक
  • नारी (मासिक)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Kantipur", Kantipur Media Group, मूलबाट ७ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ डिसेम्बर २०१९ 
  2. "Kantipur marks 23rd anniversary", The Kathmandu Post, मूलबाट २०१६-११-०१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ फेब्रुअरी २०१७ 
  3. "नारायण वाग्ले कान्तिपुरका प्रधान सम्पादक", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच १० असार २०८१ 
  4. "कान्तिपुरबाट बाहिरिए सुधीर, प्रधानसम्पादक बने उमेश" (नेपालीमा), संसार न्युज, अन्तिम पहुँच १० असार २०८१ 
  5. "कान्तिपुरको प्रधान सम्पादकमा उमेश चौहान", देशसञ्चार (नेपालीमा), अन्तिम पहुँच १० असार २०८१ 
  6. "‘काठमान्डू पोष्‍ट’ का नयाँ प्रधान सम्पादक अनुप काफ्लेलाई चिन्‍नुस्", मिडिया कुराकानी (नेपालीमा), अन्तिम पहुँच १० असार २०८१ 
  7. "काठमान्डु पोस्ट सम्पादकमा बराल", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच १० असार २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्