रामारोशन गाउँपालिका
रामारोशन गाउँपालिका अछाम जिल्लामा पर्ने नेपालकोे एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय गरेपछि अछाम जिल्लामा पर्ने साविकका मलातिकोट, चाँफामाण्डौ , सन्तडा, बाटुलासैन, रामारोशन, भटाकाटीया र सुतार गाविसहरूलाई जोडेर रामारोशन गाउँपालिका बनाइएको हो ।[५][६] अछाम जिल्लाको प्रमुख पर्यटकीय स्थल रामारोशन क्षेत्रको नामबाट नामाकरण गरिएको यस रामारोशन गाउँपालिकाको कूल क्षेत्रफल १७३.३३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । रामारोशन गाउँपालिकाको कूल जनसङ्ख्या २९,६२३ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा कालिकोट जिल्ला , पश्चिममा मंगलसेन नगरपालिका आ बान्नीगढी जयगढ गाउँपालिका, उत्तरमा मेल्लेख गाउँपालिका र बाजुरा जिल्ला तथा दक्षिणमा पञ्चदेवल विनायक नगरपालिका जोडिएको छ । ।[७]
रामारोशन | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नं. ७ |
जिल्ला | अछाम |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | झंकरबहादुर साउद [१] (नेकपा) |
• उपाध्यक्ष | सरस्वती रावल (नेकपा)[१] |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | १७३.३३ किमी२ (६६.९२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २९,६२३ |
• घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-५७ |
केन्द्र | साविकको सन्तडा गाविसको कार्यालय |
वेबसाइट | ramaroshanmun |
भूगोलसम्पादन
चित्र दीर्धासम्पादन
सन्दर्भ सामाग्रीहरूसम्पादन
- ↑ १.० १.१ Ramaaroshan "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), नेपालखबर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।