आँबुखैरेनी गाउँपालिका
आँबुखैरेनी गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका आँबुखैरेनी, छिम्केश्वरी र देउराली गाविसहरू यसमा गाभिएका थिए।
आँबुखैरेनी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°Eनिर्देशाङ्कहरू: २७°५४′१३″N ८४°३२′२४″E / २७.९०३७°N ८४.५३९९°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | तनहुँ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | शुक्र चुमान (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | दुर्गा अर्याल (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १२८ किमी२ (४९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,२५२ |
• घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-६५ |
केन्द्र | साविकको आँबुखैरेनी नगरपालिकाको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आँबुखैरेनी गाउँपालिकाको कुल जनसङ्ख्या २२,२५२ रहेको छ भने यहाँ १४,४९३ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्आँबुखैरेनी गाउँपालिकामा ६ वडाहरू रहेका छन्। आँबुखैरेनीको कुल क्षेत्रफल १२८ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा चितवन र गोरखा जिल्ला पर्दछन् भने पश्चिममा बन्दीपुर र देवघाट गाउँपालिका छ। यसको उत्तरी भागमा बन्दीपुर गाउँपालिका र गोरखा जिल्ला छ भने दक्षिणी क्षेत्रमा देवघाट गाउँपालिका र चितवन जिल्ला पर्दछन् ।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति