गौरीशंकर गाउँपालिका बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थित एक गाउँपालिका हो। यस गाउँपालिकाको अधिकांस भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्दछ। यस गाउँपालिकाको पूर्वी सिमाना सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका पर्दछ भने दक्षिणमा दोलखा जिल्लाको जिरी नगरपालिका तथा वैतेश्वर गाउँपालिका पर्दछ। त्यस्तै यस गाउँपालिकाको पश्चिममा कालिञ्चोक गाउँपालिका तथा विगु गाउँपालिका पर्दछ। यस गाउँपालिकाको उतरी सीमामा चीन पर्दछ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा, यहाँको जनसङ्ख्या १७,०६२ रहेको थियो। यस गाउँपालिका ७ वटा वडामा विभाजित छ।[२][३]

गौरीशंकर गाउँपालिका
गौरीशंकर गाउँपालिका is located in बागमती प्रदेश
गौरीशंकर गाउँपालिका
अवस्थिति
गौरीशंकर गाउँपालिका is located in नेपाल
गौरीशंकर गाउँपालिका
गौरीशंकर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३८′N ८५°५९′E / २७.६३°N ८५.९८°E / 27.63; 85.98निर्देशाङ्कहरू: २७°३८′N ८५°५९′E / २७.६३°N ८५.९८°E / 27.63; 85.98
देश नेपाल
प्रदेशबागमती
जिल्लादोलखा
वडा सङ्ख्या
स्थापित२०७३ फागुन २७
सरकार
 • प्रकारगाउँ परिषद्
 • अध्यक्षविश्वास कार्की (नेकपा (माओवादी केन्द्र))[१]
 • उपाध्यक्षश्यामसुन्दर तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८६१ किमी (३३२ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा१७०६२
 • घनत्व२०/किमी (५१/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
सदरमुकामसुरी
वेबसाइटgaurishankarmun.gov.np

नामकरण सम्पादन गर्नुहोस्

दोलखा जिल्लाको प्रसिद्ध गौरीशङ्कर हिमालको नामबाट यस गाउँपालिकाको नाम नामकरण गरिएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. चिरञ्जीवी मास्के (१४ वैशाख २०८१), "स्थानीय तह निर्वाचनमा दोलखा : गठबन्धनको फाइदा माओवादी केन्द्रलाई", रेडियो नेपाल (नेपालीमा)। 
  2. "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  3. "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np/en (नेपालीमा), स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्