बिबिसी अर्थात ब्रिटिश ब्रोडकास्टिंग कर्पोंरेशन (अङ्ग्रेजी: British Broadcasting Corporation, BBC) दर्शक-संख्याको आधारमा विश्वको सबैभन्दा ठूलो प्रसारण संस्था हो। बीबीसीका लागि संयुक्त अधिराज्यभित्र नै २६,००० कर्मचारी छन् भने यसको बजेट ४ अरब पाउण्ड स्टर्लिंङ अर्थात ७.८ अरब अमेरिकी डलर भन्दा बढी छ [३][४]। बीबीसीको मुख्यालय लन्डनमा छ र यसको मुख्य काम भनेको संयुक्त अधिराज्य, च्यानल आइल्याण्ड र आइल अफ म्यानमा सार्बजनिक प्रसारण गर्नु हो। ब्रिटिश राजकीय घोषणा (Royal Charter) बमोजिम प्रसारणको निम्ति संचालित[५] यो एक स्वायत्त सार्बजनिक प्रशारक हो [६]। यसको मुख्य आयश्रोत बेलायतका प्रत्येक टेलिभिजन-धनिहरूबाट अनिबार्य उठाइने बार्षिक कर हो[७][८]

ब्रिटिश ब्रोडकास्टिङ कर्पोंरेशन (बिबिसी)
व्यवसाय प्रकार
सरकारी स्वामित्वक निगम, सार्वजनिक प्रसारण
उद्योगप्रसारण
पूर्ववर्तीब्रिटिश ब्रोडकास्टिङ कम्पनी
स्थापित१ जनवरी १९२७ (1927-01-01)
स्थापनाकर्ताजोन रिथ (मुख्य निर्देशक)
जर्ज भिलियर्स (प्रबन्धक)
केन्द्रीय कार्यालय
लण्डन, इङ्ल्याण्ड
,
संयुक्त अधिराज्य
सेवा क्षेत्र
विश्वव्यापी
सेवाहरूटेलिभिजन, रेडियो, अनलाइन
राजश्व5,725,000,000[१] (31 मार्च 2023) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
परिचालन आय
290,000,000[२] (31 मार्च 2021) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
-120,000,000[१] (31 मार्च 2023) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
मालिकद क्राउन (सार्वजनिक स्वामित्व)
कर्मचारी सङ्ख्या
22,219[२] (2021) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटbbc.co.uk

आफ्नो मुख्य क्षेत्र बाहेक विश्वभरिका श्रोताहरूका लागि बीबीसीले रेडियो मार्फत बीबीसी विश्व सेवा सञ्चालन गर्छ। बीबीसीसीको यो सेवा अनुमानित सोह्र करोड श्रोताहरूले सुन्छन। सन् २००५मा यो सेवा मार्फत ३३ भाषाहरूमा प्रसारण गरिन्थ्यो [९] जसमध्ये नेपाली भाषा पनि एक हो। बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९को जून ७ तारीखमा शुरू भएको हो। पहिले साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन हुदै दैनिकरूपमा नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे शर्टवेभ, नेपालभरका १३० वटाभन्दा बढी एफएमहरू र यसको वेब-साइट मा नेपाली सेवा सुन्न सकिन्छ[१०]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ https://www.bbc.co.uk/aboutthebbc/documents/ara-2022-23.pdf; पृष्ठ(हरू): 179.
  2. २.० २.१ "BBC Annual Report and Accounts", ६ जुलाई २०२१, अन्तिम पहुँच ५ सेप्टेम्बर २०२१ 
  3. "About the BBC – What is the BBC", BBC Online, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१० 
  4. फार, सूजन; क्राउस, एलिस (सम्पादकहरू) (१९९६), मीडिया एण्ड पलिटिक्स इन जापान, यूनिभर्सिटी अफ हवाई प्रेस, पृ: p.5, आइएसबीएन 0824817613।  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Andrews, Leighton (२००५), "A UK Case: Lobbying for a new BBC Charter", in Harris, Phil; Fleisher, Craig S., The handbook of public affairs, SAGE, पृ: 247–48, आइएसबिएन 9780761943938 
  6. "BBC website: About the BBC – What is the BBC", अन्तिम पहुँच १४ जुन २००८ 
  7. "BBC Annual Report & Accounts 2008/9: FINANCIAL PERFORMANCE", मूलबाट ३० अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०१०  वेब्याक मेसिन अभिलेखिकरण ३० अक्टोबर २००९ मिति
  8. "TV Licensing: Legislation and policy", अन्तिम पहुँच १२ फेब्रुअरी २०१० 
  9. BBC World Service, "Annual Review 2005–2006: A year in brief" (PDF), अन्तिम पहुँच २१ जनवरी २००७ 
  10. http://www.bbc.co.uk/nepali/institutional/2010/06/000000_about_us.shtml

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्