नेपाल सरकार

नेपालको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार

नेपाल सरकार नेपालको कार्यकारी निकाय र केन्द्रीय सरकार हो। सन् २००६ मा नेपाली राजतन्त्रको उन्मूलन हुनु अघि (सन् २००८ मा नेपालमा गणतन्त्रको स्थापना भएको थियो) नेपाल सरकारलाई आधिकारिक रूपमा श्री ५ को सरकार भनेर चिनिन्थ्यो।

नेपाल सरकार
Emblem of Nepal (2020).svg
नेपालको प्रतीक चिह्न
Flag of Nepal.svg
नेपालको झण्डा
निकाय विवरण
अधिकार क्षेत्रसङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
निकाय कार्यकारी
वेबसाइटनेपाल.गव.एनपी

वर्तमान व्यवस्था अनुसार नेपाल सरकारको राष्ट्रप्रमुखको जिम्मेवारी राष्ट्रपतिको हुन्छ भने कार्यकारी प्रमुखको पदमा प्रधानमन्त्री आसिन रहन्छन्। राष्ट्रपतिको भूमिका धेरै हदसम्म औपचारिक हुन्छ किनभने सरकारको कामकाज पूर्णतया संसदद्वारा नियुक्त प्रधानमन्त्रीद्वारा व्यवस्थित हुन्छ। संवैधानिक निकायका प्रमुखहरूको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने गर्छन् भने नेपालको प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ताको नियुक्ति राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ।

इतिहाससम्पादन

पुरानो भारदारी सरकारसम्पादन

नेपाल अधिराज्यमा सरकारको भारदार भनेर चिनिने पूर्व गोरखा पहाडी राज्यको सल्लाहकार राज्य अङ्गबाट सञ्चालित थियो।[१] यी भरदारहरू उच्च जाति र राजनीतिक रूपमा प्रभावशाली परिवारबाट आएका थिए। भरदारहरूले राज्यको सबैभन्दा महत्त्वपूर्ण कार्यहरूका लागि पार्षद्, मन्त्री र कूटनीतिज्ञहरूको रूपमा राज्यमा सल्लाहकार निकायको गठन गरेका थिए।[१] त्यहाँ कुनै पनि सफल गठबन्धन सरकार थिएन किनकि अदालती राजनीति ठूला गुट प्रतिद्वन्द्वी, लगातारको षड्यन्त्र र कानुनी निष्कासनको सट्टा हत्याका माध्यमबाट प्रतिद्वन्द्वी भरदार परिवारलाई बहिष्कारबाट प्रेरित गरिएको थियो।[१] अर्को कारण सन् १७७७ र सन् १८४७ को बीचमा शासन गर्ने राजा नाबालिग भएकाले अराजकीय शासनको स्थापना भएको थियो।[२] सरकारलाई शासकहरू, मुख्तियारहरू र बलियो आधारभूत समर्थनका साथ राजनीतिक गुटहरूको गठबन्धनद्वारा नियन्त्रित भएको भनिएको थियो।[२] १८औँ शताब्दीको अन्त्यमा, केन्द्रीय राजनीतिमा नियमित रूपमा दुई उल्लेखनीय राजनीतिक गुट, थापापाँडेहरूको प्रभुत्व थियो।[२] इतिहासकार तथा समकालीन लेखक फ्रान्सिस ह्यामिल्टनका अनुसार नेपाल सरकार निम्नलिखित मुख्य पदहरू समावेश गरेको थियो जसमा

लेखक रेग्मीका अनुसार नेपाल सरकारमा निम्नलिखित मुख्य पदहरू समावेश रहेको थियो जसमा

  • ४ चौतारिया
  • काजी
  • ४ सरदार[१] पछि, सन् १७९९ मा राजा रणबहादुर शाहले नाबालक छोरालाई सिंहासन त्याग गरेपछि सङ्ख्या फरक फरक थियो।[१] राजा रणबहादुर शाहको ताम्र शिलालेख अनुसार ९५ भरदारहरू थिए।[१]

सन् १७९४ मा, राजा रणबहादुर शाहको उमेर पुगेपछि उनले सबैभन्दा पहिले सरकारको पुनर्गठन गरि आफ्नो काका, नेपालका राजकुमार बहादुर शाहलाई सरकारको कुनै पनि मुख्य पदमा आधिकारिक भूमिका दिएनन्।[३][४] रण बहादुरले नियुक्त गरेका चार काजीहरू मध्ये त्यस बखतका सबैभन्दा प्रभावशाली रहेका दामोदर पाण्डेलाई मूलकाजी पदमा नियुक्त नगरेर कीर्तिमान सिंह बस्न्यातलाई मूलकाजीको पद दिएका थिए।[४] कीर्तिमान अभिमान सिंह बस्न्यातको उत्तराधिकारीको रूपमा मूलकाजीको पदभार सम्हालेका थिए[५] राजकुमार बहादुर शाहलाई तत्कालीन राजा रणबहादुर शाहको उत्तराधिकारी क्षेत्री रानी सुवर्ण प्रभा देवीको सन्तान राजकुमार रणोद्योत शाहलाई मूल चौतारिया बनाएका थिए।[४] सन् १७९४ मा मूलचौतारिया राजकुमार बहादुर शाहको पतनपछि राष्ट्रको प्रशासनिक र कार्यकारी अधिकार काजीहरूसँग आएको थियो। कीर्तिमान सिंहको सन् १८०१ सेप्टेम्बर २८ मा गोप्य रूपमा राज राजेश्वरी देवीको[६] समर्थकहरूद्वारा हत्या गरिएपछि उनको भाइ बख्तावर सिंह बस्न्यातलाई मूलकाजीको पद दिइएको थियो।[७] केही समयपछि दामोदर पाण्डेलाई रानी राजराजेश्वरीले मूलकाजीको रूपमा नियुक्त गरेकी थिइन्।[८] निर्वासित रहेका राजा रणबहादुर शाह सन् १८०४ मा स्वदेश फर्कने तयारी गरेपछि, उनले तत्कालीन मूलकाजी दामोदर पाण्डे लगायत धेरै सरकारी अधिकारीहरूलाई गिरफ्तार गरे र वर्तमान सरकारलाई बर्खास्त गरेका थिए। उनले मुख्तियार (मुख्य अधिकारी) को पद ग्रहण गरेर नेपालको प्रशासन चलाएका थिए।[९][१०][११] पक्षधर अधिकारीहरूको समूह बनाई नयाँ सरकार गठन गरिएको थियो। भीमसेन थापालाई दोस्रो काजी बनाइयो; रणजित पाण्डे, जो भीमसेनका भाइका ससुरा थिए, मूलकाजी बनेका थिए; रणबहादुरका सौतेनी भाइ शेरबहादुर शाहलाई मूल चौतारिया बनाइएको थियो; जबकि रङ्गनाथ पौडेललाई राजगुरु (शाही आध्यात्मिक गुरु) बनाएको थियो।[१२][१३] सन् १८०६ अप्रिलमा, मूलचौतारिया शेरबहादुर शाह र मुख्तियार रण बहादुर शाहबीच खिचलो उत्पन्न भएपछि सन् १८०६ अप्रिल २५ को रातमा त्रिभुवन खवासको घरमा बैठक हुँदै गर्दा[१४][१५] लगभग बेलुका १० बजे हताश भएर शेरबहादुरले तरवार निकालेर रणबहादुर शाहलाई नजिकैका दरबारी तथा भीमसेनका सहयोगीहरू बम शाहबलनरसिंह कुँवरले काट्नुअघि मारेका थिए।[१६][१७] रणबहादुर शाहको हत्याले भण्डारखाल (काठमाडौँ दरबारको पूर्वमा रहेको शाही बगैँचा) र विष्णुमती नदीको किनारमा ठूलो नरसंहार सुरु भएको थियो।[१४][१७] अराजकता फाइदा उठाउँदै काजी भीमसेनले ५५ वरिष्ठ अधिकारीहरूलाई आफ्नो फाइदाको लागि मारेका थिए।[१८] त्यसपछि भीमसेनलाई नेपालको मुख्तियार घोषित गरियो र नाबालिग राजा गीर्वाणयुद्ध विक्रम शाहको शाही जनादेशबाट नयाँ सरकारको नेतृत्व गरेका थिए।[१९]

राष्ट्रप्रमुखसम्पादन

कार्यकारीसम्पादन

विधायिकासम्पादन

न्यायपालिकासम्पादन

नेपालका सरकारी निकायहरूसम्पादन

मन्त्रालयहरूसम्पादन

क्र.स. पद मन्त्रीहरू वेबसाइट
मन्त्रीहरू
नेपालको प्रधानमन्त्री शेरबहादुर देउवा आधिकारिक वेबसाइट
गृह मन्त्री बालकृष्ण खाँड आधिकारिक वेबसाइट
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आधिकारिक वेबसाइट
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल आधिकारिक वेबसाइट
सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ आधिकारिक वेबसाइट
स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्री विरोध खतिवडा आधिकारिक वेबसाइट
अर्थ मन्त्री जनार्दन शर्मा आधिकारिक वेबसाइट
रक्षा मन्त्री शेरबहादुर देउवा आधिकारिक वेबसाइट
खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी आधिकारिक वेबसाइट
१० परराष्ट्र मन्त्री नारायण खड्का आधिकारिक वेबसाइट
११ भौतिक योजना तथा निर्माण मन्त्री रेणु यादव आधिकारिक वेबसाइट
१२ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आधिकारिक वेबसाइट
१३ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु आधिकारिक वेबसाइट
१४ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आधिकारिक वेबसाइट
१५ कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव आधिकारिक वेबसाइट
१६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी आधिकारिक वेबसाइट
१७ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ आधिकारिक वेबसाइट
१८ सहरी विकास मन्त्री रामकुमारी झाँक्री आधिकारिक वेबसाइट
२९ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल आधिकारिक वेबसाइट
२० वन तथा वातावरण मन्त्री रामसहाय यादव आधिकारिक वेबसाइट
२१ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ आधिकारिक वेबसाइट
२२ युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज आधिकारिक वेबसाइट

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ Pradhan 2012, पृष्ठ 8.
  2. २.० २.१ २.२ Pradhan 2012, पृष्ठ 9.
  3. Acharya 2012, पृष्ठ 14.
  4. ४.० ४.१ ४.२ Pradhan 2012, पृष्ठ 12.
  5. Karmacharya 2005, पृष्ठ 56.
  6. Acharya 2012, पृष्ठ 34.
  7. Acharya 2012, पृष्ठ 35.
  8. Pradhan 2012, पृष्ठ 14.
  9. Acharya 2012, पृष्ठ 54.
  10. Nepal 2007, पृष्ठ 57.
  11. Pradhan 2012, पृष्ठ 15.
  12. Nepal 2007, पृष्ठ 58.
  13. Acharya 2012, पृष्ठ 55.
  14. १४.० १४.१ Acharya 2012.
  15. Nepal 2007, पृष्ठ 62.
  16. Acharya 2012, पृष्ठ 67.
  17. १७.० १७.१ Nepal 2007.
  18. Pradhan 2012, पृष्ठ 16.
  19. Acharya 2012, पृष्ठ 71.
  20. "Timilsina officially elected as NA chairperson", अन्तिम पहुँच ९ सेप्टेम्बर २०१८ 

बाह्य कडीहरूसम्पादन