छत्रदेव गाउँपालिका
छत्रदेव गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका अर्घातोसको (२-५), मरेङको (७-९), चिदीकाको (१-८), छत्रगञ्ज, भगवती, बल्कोट, केरुङ्गा र ठुलापोखरा गाउँ विकास समितिहरूलाई समेटेर छत्रदेव गाउँपालिका बनाइएको हो ।[३] छत्रदेव गाउँपालिकाको कूल जनसङ्ख्या २५,३३६ रहेको छ । यसको क्षेत्रफल ८७.६२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको छत्रगञ्ज गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गुल्मी जिल्ला, पश्चिममा सन्धिखर्क, उत्तरमा मालारानी गाउँपालिका र गुल्मी जिल्ला तथा दक्षिणमा पाणिनी गाउँपालिकासम्म फैलिएको छ ।[४]
छत्रदेव
Chhatradev | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नं. ५ |
जिल्ला | अर्घाखाँची जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | लेखनाथ पोख्रेल (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | तुलसीदेवी श्रेष्ठ (नेपाली कांग्रेस) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ८७.६२ किमी२ (३३.८३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २५,३३६ |
• घनत्व | २९०/किमी२ (७५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७७ |
केन्द्र | साविकको छत्रगञ्ज गाविसको कार्यालय |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।