पाणिनी गाउँपालिका अर्घाखाँची जिल्लामा पर्ने एउटा पहाडी गाउँपालिका हो। यसको केन्द्र साविकको खिदीम गाविसको कार्यालय हो। [१][२] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा अर्घाखाँची जिल्लामा साविकका चिदीकाको वडा नं. ९, पालीको (१-८) वडाहरू, पणेना, खिदीम, पोखराथोक, पटौटी, मैदान, धातिवाङअडगुरी गाउँ विकास समितिहरूलाई समेटेर पाणिनी गाउँपालिका घोषणा गरिएको थियो।[३][४] पाणिनी गाउँपालिकको कूल जनसङ्ख्या २६,४२४ रहेको छ भने यसको क्षेत्रफल १५१.४२ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ।[५] पाणिनि तपोभूमि (पणेना), साततले गुफा, मालिका मन्दिर, खिदीम, आलम देवीको मन्दिर,पालीको पन्थीटोलमा रहेको देविस्थान मन्दिर आदि यहाँका प्रमुख पर्यटकीय स्थलहरू हुन । यहाँ हरिहर मावि, कमला मावि, कृष्ण मावि र शिवमदन मावि लगायतका विद्यालय छन्। पाणिनी गाउँपालिकाको पूर्वमा गुल्मीपाल्पा जिल्ला, उत्तरमा छत्रदेव गाउँपालिका, पश्चिममा सन्धिखर्कशीतगङ्गा नगरपालिका र दक्षिणमा शीतगङ्गा नगरपालिकापाल्पा जिल्लासँग जोडिएको छ।[६]

पाणिनी गाउँपालिका
पाणिनी गाउँपालिका
पाणिनी गाउँपालिका is located in लुम्बिनी प्रदेश
पाणिनी गाउँपालिका
अवस्थिति
पाणिनी गाउँपालिका is located in नेपाल
पाणिनी गाउँपालिका
पाणिनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५४′३६″उ॰ ८३°१६′४८″पू॰ / २७.९१०००°N ८३.२८०००°E / 27.91000; 83.28000निर्देशाङ्कहरू: २७°५४′३६″उ॰ ८३°१६′४८″पू॰ / २७.९१०००°N ८३.२८०००°E / 27.91000; 83.28000
देश नेपाल
प्रदेशलुम्बिनी
जिल्लाअर्घाखाँची
वडा सङ्ख्या
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षटेकराज न्यौपाने
 • उपाध्यक्षनर्मदा गौतम
क्षेत्रफल
 • जम्मा१५१.४२ किमी (५८.४६ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं २०६८)
 • जम्मा२६४२४
 • घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
सदरमुकामखिदीम
वेबसाइटpaninimun.gov.np

नामाकरण सम्पादन गर्नुहोस्

पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्रि हुन्। उनको जन्म लगभग ५०० ईशा पूर्वमा दक्षीण एसियाको पश्चि क्षेत्रमा भएको मानिन्छ । उनको जन्मबारे विभन्न स्थानबारे मत छन त्यस मध्ये गान्धार क्षेत्र,उत्तर पाकिस्तान बढी चर्चामा अाउँछन । एक थरीको मत अर्घाखाँची नै पाणिनिको पुर्खाैली थलो भन्ने पनि छ । पाणिनि ॠषिको नामबाट पाणिनी गाउँपालिकाको नामाकरण गरिएको हो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "सात प्रदेशको नयाँ नेपाल", अनलाइन खबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोस्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "स्थानीय तहहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्