२०७८ असार २ गते, निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो। बाढीका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ जसमा दुई चिनियाँ र एक भारतीय नागरिक रहेको जनाइएको थियो।[३] बाढीका कारण बीस जना भन्दा बढी बेपत्ता भएका थिए।[४]

२०७८ मेलम्ची बाढी
को भाग
मिति२ असार २०७८ – जारी
स्थानमेलम्ची र हेलम्बु[१]
मृत्यु[२]

कारण र पृष्ठभूमि सम्पादन गर्नुहोस्

सिन्धुपाल्चोक जिल्ला बाढी र पहिरोको बढी जाने क्षेत्रहरू मध्ये पर्दछ भने यस जिल्लाका अधिकांश क्षेत्रहरू बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् जसको कारण भौगर्भिक बनावटलाई लिन सकिन्छ। २०७३ सालमा भोटेकोसी र सुनकोसीमा आएको बाढी आएको थियो। ७१ सालमा आएको पहिरोको कारणबाट पनि राम्चेमा १४५ जनाको मृत्यु भएको थियो। भुगर्भविद्ले सिन्धुपाल्चोकमा बस्ती गलत ठाउँमा बसेको कारण बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएका थिए।बाढी जानुको प्रमुख कारण भने भारी वर्षा नै हो। २०७८ असार १ गते, करिब साँझको ६ बजे मापन गरिएको जलसतह मापन गरिएको थियो जसमा जलसतह ४.७ बाट ह्रास हुँदै ३ मा पुगेको थियो भने भारी वर्षाका कारण जलसतह बढेर ६ मिटर पुगेको थियो। मेलम्ची खोला थुनिएका कारण बाढी गएको हुनसक्ने अनुमान गरिएको थियो।[५] ७२ सालको महाभूकम्पका कारण त्यस क्षेत्रमा पहिरोको जोखिम बढेको थियो। पहिरो गएर नदी थुनिएका कारण बाढी गएको अनुमान गरिएको थियो।[६] मेलम्ची र इन्द्रावती नदीको बहावका कारण मेलम्ची बजार जलमग्न भएको थियो। उत्तरपूर्वबाट आएको इन्द्रावती नदी र उत्तरपश्चिमबाट आएको मेलम्ची नदी, मेलम्ची बजारमा गाँसिन्छन् भने भारी वर्षाका कारण दोभानबनट तल बग्दा यसको दिशा र छालमा परिवर्तन आई बाढी बस्तीमा पसेको थियो।[७]

प्रभाव सम्पादन गर्नुहोस्

बाढीका कारण मेलम्ची खानेपानी आयोजना डुबानमा परेको थियो भने यसमा कार्यरत कर्मचारीहरू घाइते समेत भएका थिए।[८] बाढीका कारण २० जना भन्दा बढी बेपत्ता भएका थिए।[९] यसले उक्त क्षेत्रको घर वस्ती, पुल, सडक र खेतीयोग्य जमिन पनि बगाएको थियो। प्रभावित क्षेत्रमा बिजुली बत्ती पनि गएको र सञ्चारको साधनले पनि काम नगरेको बताइएको थियो।बाढीको प्रकृति पहिलोको भन्दा फरक भएको र यसले लेदो समेत बगाएर ल्याएको थियो।[१०] बाढी आउनु भन्दा अगाडि दिइने पूर्व सूचना प्रणालीले काम नगरेता पनि उक्त क्षेत्रका बासिन्दा बाढी सहर पस्नु अगावै निस्कन सफल भएका थिए। मेलम्चीको बाढीले दुईवटा विद्यालयको भवन बगाएको थियो।[११]

प्रतिक्रिया सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सिन्धुपाल्चोकको भीषण बाढीमा कम्तीमा सातको मृत्यु, कैयौँ विस्थापित"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१ 
  2. "मेलम्ची बाढीमा मृतक ६ जनाको पहिचान, १० जना अझै बेपत्ता"। नेपाल समय। सङ्ग्रह मिति १९ जुन २०२१ 
  3. "मेलम्चीको बाढी बेपत्ता दुई चिनियाँ र एक भारतीयको शव फेला"खरिबोट (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१ 
  4. "मेलम्ची बाढी : २० बेपत्ता मध्ये हेलम्बु गाउँपालिकाका १२ जना(सूचीसहित)"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१ 
  5. जगत देउजा। "मेलम्ची विपदको कारण र असरको खोजी" (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१ 
  6. "बाढीपछिको मेलम्ची बजार [तस्बिरहरू]" (नेपाली) भाषा)। कान्तिपुर दैनिक। सङ्ग्रह मिति १९ जुन २०२१ 
  7. "किन आयो मेलम्चीमा यति भीषण बाढी ? यस्ता छन् प्रारम्भिक तथ्य"केन्जो खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१ 
  8. "मेलम्ची खानेपानी आयोजना पनि डुब्यो"देशसञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१ 
  9. "मेलम्ची बाढी अपडेट : बेपत्ताको सङ्ख्या २० पुग्यो, खोजी जारी (नामावलीसहित)"नयाँ पेज (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१ 
  10. "मेलम्चीमा फेरि विनाशकारी बाढी"नयाँ पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति १९ जुन २०२१ 
  11. "मेलम्चीको बाढीले दुईवटा विद्यालयको भवन बगायो" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति १९ जुन २०२१