बडीकेदार गाउँपालिका
बडीकेदार गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका बर्छेन, घाङ्गल, मान्नाकापडी र लानाकेदारेश्वर गाविसहरू यसमा गाभिएका थिए।
बडीकेदार गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°Eनिर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | डोटी |
सरकार | |
• अध्यक्ष | भैरवबहादुर साउद (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | डम्मरीकुमारी विष्ट (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३३२.५५ किमी२ (१२८.४० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४,९०२ |
• घनत्व | ४५/किमी२ (१२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-९४ |
केन्द्र | साविकको बर्छेन गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
यस गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा बोगटान गाउँपालिका, पश्चिममा जोरायल गाउँपालिका र कैलाली जिल्ला, उत्तरमा दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका र के.आई.सिंह गाउँपालिका तथा दक्षिणमा कैलाली जिल्लासँग जोडिएको छ।[४]
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बडीकेदार गाउँपालिकाको कुल जनसङ्ख्या १४,९०२ रहेको छ भने यहाँ २,९०५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।