नेपालको सङ्घीय संरचना अनुसार प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला अन्तरगत पर्ने यशोधरा गाउँपालिका एक महत्त्वपुर्ण गाउँपालिका हो।[१]

यशोधरा
समयमाई मन्दिर, कपिलवस्तु
समयमाई मन्दिर, कपिलवस्तु
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लाकपिलवस्तु जिल्ला
वडा संख्या
स्थापना२०७३ फल्गुण २२
सरकार
 • प्रकारस्थानीय तह
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षगिरजे कुमार पाण्डे ([[]])
 • उपाध्यक्षकन्यावती उपाध्याय (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा६७.७५ किमी (२६.१६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,९५२
 • घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक बेदौली गाविसको कार्यालय
वेबसाइटyasodharamun.gov.np

कपिलवस्तुको जिल्लाको माध्य दक्षिणमा यशोधरा गाउँपालिका अवस्थित छ । गाउँपालिकाको पश्चिममा महाराजगञ्ज नगरपालिका रहेको छ। पूर्वमा मायादेवी गाउँपालिका छ। दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ र उत्तरमा कपिलवस्तु नगरपालिका छ। मधेशी बहुल्यता रहेको यशोधरामा मुसलीम, ब्राह्मण, कुर्मी, कलवार, यादव, मल्लाह, हरिजन, गुप्ता, धोबी लगायतका जातजातीहरु बसोबास गर्दछन।[२]

जिल्लाको साविक गा‍विस बसन्तपुर, गौरी, तितिर्खी, बेदौली, सोमडिह, रंगपुर, सिहोखोरपर्सोहिया संमायोजन भई यशोधरा गाउँपालिका बनेको हो। गाउँपालिकाको कुल क्षेत्रफल ६७.७५ वर्ग किमी छ। यशोधराको जनसंख्या ३८९५२ छ। साविक बेदौली गाविसको कार्यालयमा केन्द्र रहेको छ। यशोधरा गाउँपालिकाको उत्तरमा अवस्थित गौतम बुद्धको पवित्र स्थल छ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय, अन्तिम पहुँच १७ अप्रिल २०२० 
  2. "यशोधरा गाउँपालिका", गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच १७ अप्रिल २०२० 
  3. "सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय", अन्तिम पहुँच १७ अप्रिल २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्