जोरायल गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका घण्टेश्वर, छतिवन, सरस्वतीनगर, लक्ष्मीनगर, गडसेरा र निरौली गाविसहरू यसमा गाभिएका थिए। डोटी जिल्लाको सदरमुकाम सिलगढीबाट लगभग ६० किलोमिटर टाढा दक्षिण पश्चिम दिशा तिर पर्ने रमणीय उपत्यकाको नाम नै जोरायल हो। यसै उपत्यकाको नामबाट यस गाउँपालिकाको नामाङ्कन गरिएको हो। चौतर्फी अग्ला होचा बृक्ष वनस्पति युक्त डाडाँ–काडाँहरूको बीचमा देखिने एउटा सुन्दर क्षेत्र जोरायल हो।

जोरायल गाउँपालिका
जोरायल गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
जोरायल गाउँपालिका
नेपालको नक्सामा जोरायल गाउँपालिकाको अवस्थिति
जोरायल गाउँपालिका is located in नेपाल
जोरायल गाउँपालिका
जोरायल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87निर्देशाङ्कहरू: २९°१६′N ८०°५२′E / २९.२६°N ८०.८७°E / 29.26; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी
सरकार
 • अध्यक्षदुर्गादत्त ओझा (नेकपा (एमाले))
 • उपाध्यक्षजमुनाकुमारी बोहरा (रोकाया) (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा४१९.०९ किमी (१६१.८१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,७८८
 • घनत्व४७/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९४
केन्द्रसाविकको सरस्वतीनगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जोरायल गाउँपालिकाको कुल जनसङ्ख्या १९,७८८ रहेको छ भने यहाँ ४,३२० घरधुरी रहेका छन्।[]

नामाकरण तथा परिचय

सम्पादन गर्नुहोस्

यस क्षेत्रको नामाकरण जोरायल कसरी रहन गयो भन्ने कुरामा एक मत त छैन तर सबै भन्दा बलियो तर्क अनुसार यस क्षेत्रको सम्बन्ध महाभारतमा उल्लेख भएको जरासन्धसँग रहेको देखिन्छ[] जसरी दीप + आलय = दीपालय अथवा (नेपालीमा बत्तीको निवास भएको क्षेत्र) शब्द (वर्णविपर्यय हुँदै = दीपालय = दिपायल भएको हो । त्यसै गरेर जोरायल शब्द पनि :- जरासन्धस्य +आलय = जरालय वा जरा + आलय = जरालय भयो । यसको अर्थ जरासन्ध वा जरादेवीको, आलय भनेको संस्कृतमा निवास हुन्छ । पछि त्यही शब्द जरालय = वर्णविपर्यय हुदै = जरा + यल = जरायल =बाट अप्रभंस हुदै ‘ओ’ कारको थप आगमन भएर जोरायल रहन गएको हो । यसको क्षेत्र पूर्वमा डोटी जिल्लाकै गड्सेरा तथा निरौली गा.वि.स., पश्चिममा छतिवन गा.वि.स., उत्तरमा डडेलधुरा जिल्लाको महाभारत पर्वत भित्र पर्ने घण्टेश्वर पर्वत एवं असिग्राम गा.वि.स.को रुवाखोला र दक्षिणमा कैलाली जिल्लाको सहजपुर गा.वि.स पर्दछन् । समथर भूभागको बीच भएर बग्ने यहाँको नदीको नाम कर्मनासा (कर्नासा) हो । जसले यहाँको भू–भागलाइ सिंचन गरेको छ । कर्मनासा नदीको उद्गमस्थल भन्दा माथिबाट दुइवटा नदीहरू जलादेवि पर्वतको आसपास भएर बगेका छन् । जसको नाम गोमतीगाड र काफली गाड हो । यी दुबै नदीहरूको संगम वा (दोभान) भन्दा तलको नदीको नाम कर्मनासा रहन गएको छ । जो जरासन्ध बध गरेको इतिहास सँग संबद्ध छ । वरिपरी सम्म फाँट बीचमा कर्मनासा नदी एवं छेउछाउमा रहेका गाउँ बस्तीहरूले जोरायलको भौगोलिक दृष्यावलीलाइ मनमोहक बनाएको छ । यो जोरायल क्षेत्र निकट समयमै नगरपालिका घोषणा हुने सम्भावनामा रहेको छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यहाँको जनसङ्ख्या २०,८२४ रहेको छ । जसमध्ये ब्राह्मण १० प्रतिशत ,क्षेत्रि, ७५ प्रतिशत दलित १० प्रतिशत , र मगर तथा अन्य जातका ५ प्रतिशत मानिसहरू छन् । यसक्षेत्रमा एउटा बहुमुखी क्याम्पस पनि छ । जसको नाम सेती महाकाली बहुमुखी क्याम्पस हो । विभिन्न देवी देवताहरूको बास भएको यो जोरायल क्षेत्र बास्मती धान फल्ने यौटा प्रसिद्ध ठाउँ पनि हो । यस क्षेत्रका प्रमुख देवी–देवता घण्टेश्वर, जलादेवी मालिका भगवती, चण्डेश्वर र गुफाकेदार हुन् ।

जोरायलको भस्सो संस्कृति

सम्पादन गर्नुहोस्
 
चड्यौली स्थान परिसर

हाम्रो देश नेपाल धेरै विविधता र संस्कृति भएको देश हो । अनेकतामा एकता हामी नेपालीहरूको प्रमुख विशेषता हो । यहाँका प्रायः सबै जिल्लाहरूका आ–आफ्ना भेषभूषा, रीतिस्थिति,भाषा र संस्कृतिहरू छन् । तिनै संस्कृतिहरू मध्येको एक अनौठो संस्कृति डोटी जिल्लाको जोरायल क्षेत्रमा हुने प्रमुख जात्रा मा भाईटीकाका दिन हुने भोस्सो जात्रा पर्दछ । यो खास गरेर यहाँको शक्तिशाली देवता चडयौलीथानको प्रसन्नताको लागि गरिने जात्रा हो । महाभारत कथामा जरासन्ध लाइ राक्षस भनेर सम्बोधन गरिए पनि डोटी जोरायलको संस्कृतिमा यिनलाई देवता भनेर पुज्ने गरीन्छ । यो जात्रा गरिएन भने ती देवता रिसाई जोरायलमा विविध अनिष्ट गराउन सक्ने विश्वास यहाँको जनमानसमा प्रवल रूपमा रहेको छ । यो जात्रा प्राचीन युद्धको लागि मोर्चाबन्दी सहित युद्घमा जान तयार सेनाको जुलुस जस्तै हुन्छ । भाइटीकाका दिन त्यहाँका सबै मानिसहरू बिहान आआफ्ना दिदी–बहिनीहरूका हातबाट टिका लगाइसकेपछि खानाखाएर लक्ष्मीनगर गा.वि.स.मा पर्ने सिलंगीबाग बजारको मेलामा जान्छन् , जुन मेलालाई त्यहाँको स्थानीय भाषामा दुत्तेको मेला भन्छन् । त्यहीं प्रसिद्ध चडयौंलीथान भन्ने स्थानीय देवताको थान पनि छ । त्यहाँको स्थानीय भाषामा चडयौंलो भन्ने एउटा स्थानिय जातको रुख हुन्छ , त्योे थान मा त्यै चडयौंलाको रुख भएकाले थानमा भएका देवतालाई प्रत्यक्ष इंगित नगरी रुखको नामबाट देवस्थान को नामकरण भएको पाइन्छ । न्याय दाताका रूपमा चिनिने यी चडयौलीथान देवताको मन्दिर छैन, स्थापना मात्रै छ । भक्तजनहरू आफ्नो भाकल पुरा भए पछि त्यही रुखमुनीको स्थानमा बोकाको बलिका साथै घण्टा, त्रिशूल र ध्वजापताका चढाउँदछन् । बोका मंसिर कृष्ण पक्ष , जेष्ठ कृष्ण पक्ष र श्रावण कृष्ण पक्षको रात्रिमा मंगलवार, बिहीवार वा शनिवार पारेर चढाइन्छ ।

फोटो सङ्ग्रह

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. संक्षिप्त परिचय वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-११ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्