रिब्दीकोट गाउँपालिका
रिब्दीकोट गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गाविसहरू यसमा गाभिएका थिए।
रिब्दीकोट गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / २७.७७०१११°N ८३.९२३७९६°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | पाल्पा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | नारायणबहादुर कार्की (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | कान्ता अधिकारी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १२४.५५ किमी२ (४८.०९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,४७३ |
• घनत्व | १२०/किमी२ (३२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७५ |
केन्द्र | साविकको खस्यौली गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रिब्दीकोट गाउँपालिकाको कुल जनसङ्ख्या १५,४७३ रहेको छ भने यहाँ ४,४०२ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्रिब्दीकोट गाउँपालिकाको क्षेत्रफल १२४.५५ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिका र गुल्मी जिल्ला तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन्।[४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।