पश्चिम रुकुम जिल्ला
पश्चिम रुकुम जिल्ला नेपालको कर्णाली प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो।[१] यो जिल्ला प्रदेशका १० जिल्लाहरू मध्ये एक हो।[२] जिल्लाको सदरमुकाम मुसिकोट हो।
पश्चिम रुकुम जिल्ला
पश्चिम रुकुम | |
---|---|
निर्देशाङ्क: २८°३८′N ८२°२९′E / २८.६३°N ८२.४९°Eनिर्देशाङ्कहरू: २८°३८′N ८२°२९′E / २८.६३°N ८२.४९°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
स्थापित | २०७२ |
सदरमुकाम | मुसिकोट |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिसस, पश्चिम रुकुम |
क्षेत्रफल | |
• जम्मा | १२१३.४९ किमी२ (४६८.५३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५४,२७२ |
• घनत्व | १३०/किमी२ (३३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | dccrukumwest |
औपचारिक रूपले पश्चिमी रुकुम जिल्ला रुकुम जिल्लाकै एक भाग थियो। ३ असोज २०७२ मा, राज्यले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि रुकुम र पूर्वी रुकुम गरि दुई जिल्लामा विभाजन गरिएको थियो।
पश्चिम रुकुम जिल्लाको कुल क्षेत्रफल १,२१३.४९ वर्ग किलोमिटर (४६८.५३ वर्ग माइल) रहेको छ भने यस जिल्लाको कुल जनसङ्ख्या २०६८ को जनगणना अनुसार १,५४,२७२ रहेको छ। [३]
पश्चिम पहाडी क्षेत्रमा अवस्थित पश्चिम रुकुम पहाडी जिल्ला हो। यो जिल्लामा धेरै उपत्यकाहरू छन्। यसको सिमाना पाँच जिल्लासँग जोडिएको छ। लुम्बिनी प्रदेशको पूर्वी रुकुम र रोल्पा पूर्वमा, दक्षिणमा सल्यान, पश्चिममा जाजरकोट र उत्तरतर्फ डोल्पा रहेको छ।
जनसाङ्खिकि
सम्पादन गर्नुहोस्नेपालको २०६८ को जनगणनाको समयमा पश्चिम रुकुमको जनसङ्ख्या १,५४,२७२ रहेको थियो।[४]
क्षेत्रीहरू यस जिल्लाको मुख्य जातीय समूहहरू हुन् जसको जनसङ्ख्याको ५३.९% रहेको छ। कामी १५.४% र मगरहरूको जनसङ्ख्याको १४.७% रहेको छ। ठाकुरी र बाहुनको जनसङ्ख्या ५% र ३.८% रहेको छ भने अन्य खस दलित दमाई र सार्की ३.७% र १.८% जनसङ्ख्या रहेको छ।[४]
यहाँका ९९.३% जनसङ्ख्याले नेपाली भाषा बोल्दछन्।[४]
जनगणना वर्ष | जन. | ±% प्र.व. ±% |
---|---|---|
२०३८ | ९८,६६२ | — |
२०४८ | ११५,८८८ | +१.६२% |
२०५८ | १४०,३८७ | +१.९४% |
२०६८ | १५५,३८३ | +१.०२% |
२०७८ | १६६,३५४ | +०.६८% |
स्रोत: सिटी पपुलेसन[५] |
यातायात
सम्पादन गर्नुहोस्पश्चिम रुकुम दुर्गम जिल्ला मानिए पनि २०६३ को दोस्रो जनआन्दोलनपछि यातायात तीव्र रुपमा विस्तार हुँदै गएको छ। हालै सडक निर्माण भएसँगै बस र जीप सेवा काठमाडौँलगायत दक्षिणी मैदान र प्रमुख सहरसँग लिङ्क सहितको सुविधा प्राप्त भएको छ। नेपालगञ्ज र काठमाडौँबाट दुई विमानस्थलले यात्रु उडानका लागि सुरक्षित तर गौण सुविधा प्रदान गर्छन्।
मुसिकोटलाई सल्यान खलङ्गा, तुलसीपुर र महेन्द्र राजमार्ग दक्षिणतर्फ जोड्न राप्ती राजमार्ग (विसं २०६६ सम्म) निर्माणाधीन थियो। अर्कोतर्फ, नेपालकै सपनाको परियोजना "मध्यपहाडी लकमार्ग" निर्माणाधीन अवस्थामा रहेको छ।[६]
स्थानीय तह
सम्पादन गर्नुहोस्३ नगरपालिका
सम्पादन गर्नुहोस्३ गाउँपालिका
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np (नेपालीमा), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच ८ अप्रिल २०१८।
- ↑ "कान्छो जिल्लाको तोतेबोलीः किन टुक्रियो पूर्वी रुकुम ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-२२।
- ↑ "रुकुम पश्चिमको प्रारम्भिक जनसंख्या १ लाख ७२ हजार" (नेपाली) भाषा)। कखरा। सङ्ग्रह मिति २० अप्रिल २०२२।
- ↑ ४.० ४.१ ४.२ "National Data Portal-Nepal", nationaldata.gov.np, अन्तिम पहुँच २०२१-०८-१०।[स्थायी मृत कडी]
- ↑ "नेपाल: प्रशासनिक विभाजन", www.citypopulation.de (अङ्ग्रेजीमा)।
- ↑ "यस्तो बन्दैछ राष्ट्रको गौरव मध्यपहाडी लोकमार्ग" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२।