जोशीपुर गाउँपालिका
जोशीपुर गाउँपालिका कैलाली जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा बौनिया र जोशीपुर गाविसहरू यसमा गाभिएका थिए। जोशीपुर धनगढीदेखि ७५ किमी पूर्व र राजधानी काठमाडौँबाट ६१३ किमी पश्चिममा पर्छ। यसको वरिपरि लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र पूर्वमा जानकी गाउँपालिका, पश्चिममा घोडाघोडी नगरपालिका र भजनी नगरपालिका, उत्तरमा बर्दगोरिया गाउँपालिका र दक्षिणमा भजनी नगरपालिका रहेका छन्।
जोशीपुर गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°३४′N ८०°४९′E / २८.५७°N ८०.८२°Eनिर्देशाङ्कहरू: २८°३४′N ८०°४९′E / २८.५७°N ८०.८२°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कैलाली |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | चित्रबहादुर चौधरी (नागरिक उन्मुक्ति पार्टी) |
• उपाध्यक्ष | रेखादेवी कठरीया (नागरिक उन्मुक्ति पार्टी) |
क्षेत्रफल | |
• जम्मा | ६५.५७ किमी२ (२५.३२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३७,१८७ |
• घनत्व | ५७०/किमी२ (१५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९१ |
केन्द्र | साविकको जोशीपुर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जोशीपुर गाउँपालिकाको कुल जनसङ्ख्या ३७,१७८ रहेको छ भने यहाँ ७,७५१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति