कञ्चन गाउँपालिका रुपन्देही जिल्लाका १६ स्थानीय तहमध्ये एक स्थानीय तह हो। पूर्वमा सैनामैना नगरपालिका पश्चिममा कपिलवस्तु सिमाना दक्षिणमा गैडहवा गाउँपालिका र पूर्वमा सैनामैना नगरपालिका तथा गैडहवा गाउँपालिका रहेको छ। कञ्चन गाउँपालिकाको केन्द्र साविक गजेडी गाविसको कार्यालय कञ्चन २ गजेडीमा रहेको छ। साविको गजेडी गाविस र रुद्रपुर गाविसलाई गाभेर यसको घोषणा गरिएको हो। उत्तर दक्षिण भएर बग्ने कञ्चन नदीको नामबाट यसको नामाकरण गरिएको हो।

कञ्चन गाउँपालिका
कञ्चन गाउँपालिका is located in नेपाल
कञ्चन गाउँपालिका
कञ्चन गाउँपालिका
नेपालमा स्थान
निर्देशाङ्क: २७°३८′३९″N ८३°१६′२९″E / २७.६४४०७०°N ८३.२७४६४५°E / 27.644070; 83.274645
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
क्षेत्रफल
 • जम्मा५८.५१ किमी (२२.५९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३३,०७२
 • घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
वेबसाइटhttp://kanchanmun.gov.np/