जाजरकोट जिल्ला
जाजरकोट जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम खलङ्गा हो। ऐतिहासिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिने बाईसे राज्यहरू मध्येको एक राज्य जाजरकोट पनि हो। यहाँ समशितोष्ण किसमको हावापानी पाइने गर्दछ।[१]
जाजरकोट जिल्ला | |
---|---|
![]() कर्णाली प्रदेशमा जाजरकोट जिल्लाको (गाढा पहेँलो) स्थान | |
देश | ![]() |
प्रदेश | कर्णाली प्रदेश |
सदरमुकाम | खलङ्गा |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, जाजरकोट |
क्षेत्रफल | |
• जम्मा | २,२३० किमी२ (८६० वर्ग माइल) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | १७१३०४ |
• घनत्व | ७७/किमी२ (२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली |
वेबसाइट | आधिकारिक वेबसाइट |
नामाकरणसम्पादन
झारकोट शब्दको अपभ्रंश भै जाजरकोट नाम दिइएको जनश्रुती रहेको पाइन्छ। पहिले यो ठाउँमा चारैतिर बाक्लो झारजङ्गल भएको र बिचमा कोट जस्तो परेको डाँडा भएकोले यसलाई झारकोट भन्दा भन्दै जाजरकोट भएको भन्ने भनाइ छ।
इतिहाससम्पादन
पौराणिक कालमा कर्णाली भेगमा (हाल जुम्ला जिल्लाको सिंजा क्षेत्रमा) खस जातीका मल्ल राजाहरूले एउटा विशाल राज्यको स्थापना गरेको पाइन्छ। अहिलेको जाजरकोट जिल्लाको क्षेत्रपनि त्यसताका सोहि राज्यमा थियो। धेरै राजाहरूले राज्य गरिसकेपछि ई.स. १८३३ ताका जुम्ला राज्य टुक्रिएर स साना बाईसे चौबिसे राज्यको उदय भएको थियो। सोहि समयमा शाके सम्वत १३००–१४५५ को आसपासमा भेरी नदीको पश्चिमी किनारा स्थित जगतीपुरलाई जगतीसिंह भन्ने राजाले राजधानी बनाई जाजरकोटमा राज्य सञ्चालन गरेका थिए। ईतिहास अनुसार त्यतिबेलाको जाजरकोट एउटा साम्राज्यको रूपमा विकसित भएको साथै त्यसको सिमाना जुम्लाबाट दक्षिण गङ्गा नदीसम्म, पश्चिममा दैलेख र पूर्वमा गण्डकी नदीसम्म फैलिएको थियो। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको बेलामा समेत जाजरकोटलाई हमला नगरी छुटै राज्यको रूपमा मान्यता दिएको र राज्य रजौटा ऐन २०१७ अनुसार पनि जाजरकोटी राजाको अस्तित्व कायम रहेको अभिलेखबाट देखिन्छ।
प्रशासनिक विभाजनसम्पादन
जिल्लामा ७ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ४ गाउँपालिका छन्।
स्थानीय तह | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या |
---|---|---|---|
भेरी नगरपालिका | १३ | खलङ्गा | ३३,५१५ |
छेडागाड नगरपालिका | १३ | कार्कीगाउँ | ३५,२९५ |
नलगाड नगरपालिका | १३ | दल्ली | २८,८५८ |
कुसे गाउँपालिका | ९ | थर्पु मार्म | २०,६२१ |
शिवालय गाउँपालिका | ९ | शिवालय | १५,२६९ |
जुनीचाँदे गाउँपालिका | ९ | मजकोट | २१,७३३ |
बारेकोट गाउँपालिका | ९ | रोकायागाउँ | १८,०८३ |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "जिल्ला समन्वय समितिको कार्यालय", जाजरकोट, अन्तिम पहुँच २०२३-०४-२०।