अर्जुनचौपारी गाउँपालिका
अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।[४][५]
अर्जुनचौपारी | |
---|---|
अर्जुनचौपारी गाउँपालिकाका मनमोहक दृश्यहरू | |
निर्देशाङ्क (अर्जुनचौपारी गाउँपालिका): २८°०६′००″उ॰ ८३°५२′१५″पू॰ / २८.१००००°N ८३.८७०८३°Eनिर्देशाङ्कहरू: २८°०६′००″उ॰ ८३°५२′१५″पू॰ / २८.१००००°N ८३.८७०८३°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | स्याङ्जा जिल्ला |
नगरपालिका | २०७३ साल फागुन २७ |
सरकार | |
• प्रकार | स्थानीय तह |
• नगरप्रमुख | प्रकाश तिवारी नेपाली काङ्ग्रेस |
• उपप्रमुख | सपना गुरुङ नेपाली काङ्ग्रेस |
क्षेत्रफल | |
• जम्मा | ५७.२२ किमी२ (२२.०९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४,०४५ |
• घनत्व | २५०/किमी२ (६४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
केन्द्र | साविकको अर्जुनचौपारी गाविसको कार्यालय |
वेबसाइट | arjunchauparimun |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अर्जुनचौपारी गाउँपालिकाको कुल जनसङ्ख्या १४,०४५ रहेको छ भने यहाँ ३,८०८ घरधुरी रहेका छन्।[२]
भू-वनोट
सम्पादन गर्नुहोस्अर्जुनचौपारी गाउँपालिकामा ६ वडाहरू रहेका छन। अर्जुनचौपारीको कुल क्षेत्रफल ५७.२२ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिका पर्दछ भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा आँधिखोला गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिका पर्दछ।[६]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति