पूर्वी रुकुम जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो।[] यो जिल्ला प्रदेशका बाह्र जिल्लाहरू मध्ये एक हो भने यस जिल्लाले धौलागिरि हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन शिकार आरक्षको साठ्ठी प्रतिशत भन्दा बढी भाग ओगटेको छ।[] ७,२४६ मिटरको उचाइमा रहेको धौलागिरि द्वितीय पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धौलागिरि सातौँ) हो भने पूर्वी रुकुम लुम्बिनी प्रदेश को एक मात्र हिमाली जिल्ला पनि हो।[] पूर्वी रुकुम जिल्लालाई नेपाल सरकारले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरूमा सूचीकृत गरेको छ।

पूर्वी रुकुम जिल्ला
लुम्बिनी प्रदेशमा पूर्वी रुकुमको अवस्थितिको अवस्थिति
लुम्बिनी प्रदेशमा पूर्वी रुकुमको अवस्थिति
निर्देशाङ्क: २८°२२′N ८२°२२′E / २८.३७°N ८२.३७°E / 28.37; 82.37निर्देशाङ्कहरू: २८°२२′N ८२°२२′E / २८.३७°N ८२.३७°E / 28.37; 82.37
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
स्थापना२०७२
सदरमुकामरुकुमकोट
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिसस, पूर्वी रुकुम
क्षेत्रफल
 • जम्मा११६१.१३ किमी (४४८.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५३०१८
 • घनत्व४६/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
वेबसाइटdccrukumeast.gov.np
देवी भगवती को मन्दिर

यो जिल्ला ५२ वटा ताल र ५३ वटा डाँडाका लागि प्रसिद्ध छ। वि.सं. २०५२ देखि वि.सं. २०६२ सम्म पूर्वी रुकुम दश वर्षे माओवादी जनयुद्धको केन्द्र थियो। हिमाली भेग, धौलागिरि हिमशृङ्खला र समृद्ध खाम मगर संस्कृतिको अनुभव प्रदान गर्ने यस जिल्लामा माओवादी विद्रोहीको विगतको मार्ग पछ्याउँदै साहसिक पर्यटनको रुपमा पैदल यात्रा भ्रमणको विकास गरिएको छ।[]

पूर्वी रुकुम जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट हो।[] जिल्ला सदरमुकाम रुकुमकोटबाट गोलखाडा, कोल, पुथा उत्तरगङ्गामा सरुवा गर्ने सरकारको निर्णय रहेको थियो। यद्यपि यो अहिलेसम्म अन्तिम टुङ्गो लागेको छैन। वि.सं. २०७८ वैशाख १९ मा, पुथा र उत्तरगङ्गालाई छुट्टाछुट्टै गाउँपालिका बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको थियो।[][] पूर्वमा पूर्वी रुकुम जिल्ला रुकुम जिल्लाकै एक भाग थियो। वि.सं. २०७२ असोज ३ गते, राज्यले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि तात्कालिन रुकुम जिल्लालाई रुकुम पूर्व र रुकुम पश्चिममा विभाजन गरेको थियो।[] प्राचीन र मध्यकालीन समयको खाम मगर संस्कृतिको स्वाधिनता र संरक्षणका विभिन्न तहलाई कायम राख्न सफल भए पनि राणा शासनका साथै पञ्चायतकालमा पनि यस क्षेत्रको संरचनामा फेरबदल भएको थियो। वि.सं २०३० साल भन्दा अगाडि, पूर्वी रुकुमको पर्याप्त भाग क्रमशः राणा शासनकालमा पाल्पा जिल्ला र क्रमशः शाह राजाहरूको अधीनमा राज्य पुनर्निर्माणको समयमा बाग्लुङ जिल्लासँग गाभिएको थियो।[][१०]

राष्ट्रिय एकिकरण अभियानको क्रममा जिल्लाको विजयसँगै यस क्षेत्रलाई बहादुर शाहरणबहादुर शाह (वि.सं. १८४२-१८५२) को पालामा नेपाल अधिराज्यसँग गाभिएको थियो। प्राचीन र मध्यकालीन नेपालको बेला पनि खाम मगर संस्कृतिको, स्वाधीनता र संरक्षणका विभिन्न तहलाई कायम राख्न सफल भए पनि राणा शासनको निरंकुशताका साथै पञ्चायतकालमा पनि यस क्षेत्रको संरचनामा फेरबदल भएको थियो। सन् १९०९ अघि, राणा शासनको समयमा र क्रमशः शाह वंशको समयमा राज्य पुनर्निर्माणको समयमा पर्याप्त पूर्वी भागलाई पाल्पा जिल्ला र बाग्लुङ जिल्ला वा डोल्पा जिल्लासँग गाभिएको थियो।[][१०] पञ्चायती शासनको बेलामा अर्थात्, वि.सं. २०१८ साल वैशाख १ गते रुकुम सल्यानजाजरकोटबाट छुट्टिएको थियो। छुट्टिएर नयाँ जिल्ला बनेपछि यसको सदरमुकाम रुकुमकोट तोकिएको थियो भने पछि वि.सं. २०३० सालमा, जिल्लाको राजधानी मुसिकोट सारिएको थियो भने देशको आएको सङ्घीयतासँगै विभाजन भएको रुकुम जिल्लाको पूर्वी भागको सदरमुकाम पुन: रुकुमकोट बनेको थियो।[११]

पूर्वी रुकुम २०औँ शताब्दीको बेलामा, देशको सबैभन्दा पुरानो साम्यवादी किल्लामध्ये एक थियो।[१२] यो जिल्ला वि.सं. २०५२ देखि वि.सं. २०६२ सम्मको भूमि असमानता, जातीय असमानता, सामन्तवाद र सामन्तवाद विरुद्धमा भएको माओवादी जनयुद्धको हृदयभूमि पनि बनेको थियो।[१३] फलस्वरूप देशमा २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य हुँदै मुलुक लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको थियो।[१४]

जलवायु र भूगोल

सम्पादन गर्नुहोस्
 
सुन दह , रुकुम पुर्व

पूर्वी रुकुम जिल्ला देशान्तरः ८२ डि. ३५ मि. देखि ८३ डि. १० मि. पूर्वी देशान्तरसम्म र अक्षांसः २८ डि. २८ मि. देखि २९ डि. ०० मि. उत्तरी अक्षांससम्म, साथै समुद्र सतहदेखि ७,२४६ मिटर उचाइसम्म फैलिएको छ भने यो जिल्लाको क्षेत्रफल १,६६३ वर्ग किलोमिटर रहेको छ।[१५] पूर्वी रुकुम जिल्ला लुम्बिनी प्रदेशको सबैभन्दा उत्तरमा पर्ने एक मात्र हिमाली जिल्ला हो। यो जिल्ला प्राकृतिक सम्पदा र कला संस्कृतिको धनी जिल्ला हो। जिल्लाको हावापानी समशितोष्ण/शितोष्ण पाइन्छ भने औषत वार्षिक वर्षा १८०० मिलिमिटर देखि २६०० मिलिमिटर सम्म र तापक्रमः ०.२ देखी ३४ डिग्री सेल्सियस सम्म रहेको छ।[१५] जिल्लाले पूर्वमा, बाग्लुङम्याग्दी, पश्चिममा रुकुम (पश्चिम), उत्तरमा डोल्पा, र दक्षिणमा रोल्पा लगायतका जिल्लाहरूसँग सीमा साझेदार गरेको छ।[१६]

धौलागिरी हिमशृङ्खला

सम्पादन गर्नुहोस्

यस जिल्लाका थुप्रै हिमालहरू मध्ये सबैभन्दा प्रख्यात चुचुराहरूमा पुथा र सिस्ने हिमाल पर्दछन्। पुथा हिमाल ७,२४६ मिटरको उचाईमा रहेको धौलागिरी द्वितीय हिमशृङ्खलाको पश्चिम छेउमा अवस्थित लुम्बिनी प्रदेशको सबैभन्दा अग्लो हिमाल पनि हो। यो पहिलो पटक सन् १९५४ मा जेम्स ओवेन मेरियोन रोबर्ट्स र आङ निमा शेर्पाद्वारा आरोहण गरिएको थियो।

 
पूर्वी रुकुमको धौलागिरी हिमशृङ्खला

अर्को प्रमुख हिमाल चाहिं उत्तरमा रहेको सिस्ने हिमाल हो। स्थानीयले यसलाई पाटन हिमाल (हिउँचुली पाटन), सिस्ने वा मुर्काट्टा हिमालको नामले चिन्दछन्।[१७] यो हिमालको उचाइ ५,८४९ मिटर रहेको छ। जनक्रान्तिको प्रतीकका रूपमा जनयुद्धका साहित्यहरूमा सिस्ने हिमाललाई बारम्बार प्रस्तुत गरिएको थियो र यो वि.सं. २०५२ देखि वि.सं. २०६२ को माओवादी जनयुद्धको समयमा क्रान्तिकारीहरूका लागि प्रतिष्ठित ऐतिहासिक स्थल बनेको थियो। वि.सं. २०७० सालमा, पहिलो पटक मानबहादुर खत्रीको नेतृत्वमा रहेको अभियानले हिमाललाई सफल आरोहण गरेको थियो।[१८]

 
रुक्मिणी ताल

ताल तथा नदीहरू

सम्पादन गर्नुहोस्

रुकुमकोटमा मात्रै ५२ वटा ताल रहेकामा जिल्लाको आकारको अनुपातमा पर्याप्त मात्रामा खानेपानी निकाय र नदीनाला रहेका छन्। धेरै तालमध्ये रुक्मिणी ताल जिल्लाकै केन्द्रविन्दु हो। पौराणिक पात्र रुक्मिणीकै नाम राखिएको यस ताललाई कमल ताल समेत भन्ने गरिन्छ।[१९] तालले स्थानीयवासीका लागि धार्मिक र पवित्र महत्व राखेको छ जसका कारण महाशिवरात्रि, दशैँ, माघे सङ्क्रान्तिहरितालीका तीजका बेला ठूलो जमघट हुने गर्दछ। सानीभेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदी यहाँका प्रमुख नदी तथा खोलाहरू हुन्। [१५]

विभाजन र जनसङ्ख्या

सम्पादन गर्नुहोस्

पूर्वी रुकुम जिल्लाको कुल क्षेत्रफल १,१६१.१३ वर्ग किलोमिटर (४४८.३१ वर्ग माइल) रहेको छ भने जिल्लाको कुल जनसङ्ख्या नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार, ५३,०१८ रहेको छ।[][२०] यस जिल्ला ३ वटा गाउँपालिकामा विभाजित छ भने यस जिल्लामा कुनैै पनि नगरपालिका रहेका छैनन्।[२०] नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन यही जिल्लामा पर्दछ।[२१][][२२]

 
पूर्वी रुकुम जिल्लाका विभाजनहरू

यस जिल्लाका गाउँपालिकाहरू यस प्रकार छन्:

नाम जनसङ्ख्या (२०६८) क्षेत्रफल (वर्ग किलोमिटरमा) जनघनत्व
भूमे गाउँपालिका १८,५८९ २७३.६७ ६८
पुथा उत्तरगङ्गा गाउँपालिका १७,९३२ ५६०.३४ ३२
सिस्ने गाउँपालिका १६,४९७ ३२७.१२ ५०

जनसाङ्ख्यिकी

सम्पादन गर्नुहोस्
 
जिल्लाको मगर वस्ती

पूर्वी रुकुमको अधिकांश जनसङ्ख्यामा मगरहरू पर्दछन्।[२३] पाल्पा जिल्ला (५३% मगर जनसङ्ख्या) पछि पूर्वी रुकुममा नेपालको दोस्रो ठूलो मगर जनसङ्ख्या रहेको छ। यो कुल जनसङ्ख्याको प्रतिशत (५१%) हो। त्यसपछि रोल्पा (४३%) रहेको छ। तल दिइएको तालिकाले जिल्लाको जनशाङ्खिकिलाई प्रकाश पार्दछ।[२३]

पूर्वी रुकुम जिल्लाको जनसाङ्ख्यिकी
जनसाङ्ख्यिकी प्रतिशत
मगर ५१%
क्षेत्री १९%
विश्वकर्मा १७%
ठकुरी ४%
दमाई ३%
बाह्मण २%
गुरुङ १%
नेवार १%
सार्की १%
अन्य १%
 
पाटन आरक्षको ताल

सिकार पर्यटन

सम्पादन गर्नुहोस्

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन म्याग्दी, बाग्लुङ, पश्चिम रुकुम र पूर्वी रुकुम जिल्लामा फैलिएको छ भने यस जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको ६०% भाग ढोरपाटन शिकार आरक्षले ओगटेको छ।[२४] ढोरपाटन क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति उच्च पहाडी सिमसार क्षेत्र ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातीका चराचुरुङ्गी ८ सय ५२ नाउर, २ सय झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लङ्गुर लगायतका जङ्गली जनावर र पन्छीहरू रहेका छन्। [२५]

 
ढोरपाटन

२०३२ सालमा मा नर्वेका एक प्राध्यापकको एउटा अध्ययनले यस क्षेत्रमा झारल र नाउरको सङ्ख्या उल्लेख मात्रमा रहेकाले यहाँ सिकार खेल्न सकिने सम्भावना रहेको सुझाव दिएका थिए।[२६] पछि २०४३ साल देखि यसलाई सिकारीहरूका लागि खुल्ला गरिएको थियो।[२७] ढोरपाटनमा प्रत्येक वर्ष दुई ऋतुमा सिकार गर्न पाइन्छ जहाँ सिकारका लागि २० वटा नाउर र ११ वटा झारल छुट्याउने गरिएको छ।[२८] राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले १५ दिनको सिकार अनुमति जारी गर्छ।[२६]

छापामार पदमार्ग

सम्पादन गर्नुहोस्

नेपाल सरकार विरुद्ध भएको १० वर्षे लामो जनयुद्धको अन्त्य पश्चात् अमेरिकी लेखक तथा खोजकर्ता एलेन्ज लिनियस नेपाल भ्रमणमा आएका थिए। माओवादी जनयुद्धको केन्द्रविन्दु मानिएको रोल्पा, रुकुम लगायतका अन्य हिमाली तथा पहाडी जिल्लाहरूमा तात्कालिन माओवादी लडाकु हिँडेका मार्गको भ्रमण गर्दै एउटा किताब लेखेका थिए जसपश्चात्, छापामार पदमार्गको अवधारणा ल्याइएको थियो।[२९]

 
छापामार पदमार्ग

पूर्वी रुकुममा पर्ने भूमे गाउँपालिकामा माओवादी लडाकु हिँडेका मार्ग पहिचान गर्दैै छापामार पदमार्ग बनाइएको छ। जनयुद्धको बेलामा, द्वन्दबाट प्रभावित भएका यस क्षेत्रको वासिन्दाहरूको आर्थिक स्तरमा वृद्ध गर्न, विदेशबाट घुम्न आउने पर्यटकहरूलाई युद्धकालिन दिनचर्या, मानिसहरूको जनजीवन, खाम मगर संस्कृतिको अनुभव दिन र युद्धकालिन अवशेष देखाउनका लागि यस पदमार्ग बनाइएको थियो।[३०][३१] म्याग्दी जिल्लामा पर्ने मालिकाको दरवाङलाई प्रवेशद्वार मानिएको पदमार्गमा म्याग्दीको, रोल्पारुकुममा क्षेत्रहरू पर्दछन्। युद्धको केन्द्रविन्दु मानिएको यस क्षेत्रमा युद्धकालिन अवशेष झल्किने खालका संरचना निर्माण भएकालेे यसले पर्यटकहरूलाई आकर्षित गर्दछ। माओवादी शान्ति प्रक्रियामा आएपछि, यो ठाउँको प्रवर्द्धन गर्न शान्ति स्तम्भ र युद्धको झल्को दिने सङ्ग्रहालय निर्माणका काम सम्पन्न भएका छन्।[३२]


चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ १.२ "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np (नेपालीमा), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच ८ अप्रिल २०१८ 
  2. "कान्छो जिल्लाको तोतेबोलीः किन टुक्रियो पूर्वी रुकुम ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-२२ 
  3. "रुकुम (पूर्वी भाग) जि.स.स", dccrukumeast.gov.np, अन्तिम पहुँच २०२०-१०-२२ 
  4. "पूर्वी रुकुमको भर्जिन सौन्दर्य" (नेपाली) भाषा)। आदर्श अनलाइन। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  5. "कान्छो जिल्लाको सदरमुकाम बन्ने सपना बुन्दै रुकुमकोट"नयाँ पेज (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  6. "पुथा उत्तरगङ्गा गाउँपालिका टुक्रियो, गाउँसभसाले पारित गर्‍यो प्रस्ताव"नयाँ पेज (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  7. "पुथाउत्तरगङ्गा गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित"नेपाल समय (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  8. "मुलुकमा अब ७७ जिल्ला समन्वय समिति कायम हुने" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  9. ९.० ९.१ "विकटता र निकटता ……", मिडियम (नेपालीमा), २०१८-०१-३१, अन्तिम पहुँच २०२०-१०-२२ 
  10. १०.० १०.१ "रुकुमपूर्व जिल्लाको सदरमुकाम गोल्खाडा नै हुनुपर्ने माग", संसार न्युज (नेपालीमा), २०२०-०२-१०, अन्तिम पहुँच २०२०-१०-२२ 
  11. "४४ वर्षपछि फर्कियो सदरमुकाम" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  12. de Sales, Anne (२००९), "From ancestral conflicts to local empowerment: two narratives from a Nepalese community", Dialectical Anthropology 
  13. "के थियो माओवादी 'जनयुद्ध': आन्दोलन कि 'राजनीतिक व्यवसाय'?"देश सञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  14. "यसरी बन्यो गणतन्त्र नेपाल"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  15. १५.० १५.१ १५.२ "जिल्लाको संक्षिप्त परिचय"जिसस पूर्वी रुकुम (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  16. "७६औँ जिल्लाको खबर" (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  17. "सिस्ने हिमाल अर्थात् मुर्कट्टा हिमाल" (नेपाली) भाषा)। मायादेवी अनलाइन। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  18. "सिस्ने हिमालको सफल आरोहण" (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  19. "कमल दहको कमल" (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  20. २०.० २०.१ "CITY POPULATION– statistics, maps & charts", www.citypopulation.de, ८ अक्टोबर २०१७, अन्तिम पहुँच ४ अप्रिल २०१८ 
  21. "रुकुम पुर्ब : नयाँ जिल्ला, पर्यटनको नयाँ गन्तब्य"आहा सञ्चार (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  22. "जिल्लाको विवरण", www.mofald.gov.np, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच ४ अप्रिल २०१८ 
  23. २३.० २३.१ "NepalMap profile: Rukum East", NepalMap, अन्तिम पहुँच २०२०-१०-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-१६ मिति
  24. "एउटा सिकार गन्तव्य"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  25. "हिउँदको गन्तव्य ढोरपाटन"कारोबार दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  26. २६.० २६.१ रविना बोहरा। "विदेशी सिकारीको रोजाइमा ढोरपाटन: मारेर कसरी गरिन्छ हिमाली वन्यजन्तुको संरक्षण" (नेपाली) भाषा)। बीबीसी नेपाली। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  27. "पूर्वी रुकुममा पर्यटनको नयाँ गन्तव्य" (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  28. "गन्तव्य ढाेरपाटनः जता हेरे पनि मनै लाेभिने अथाह सुन्दरता, यस्ता छन् खास बिशेषता (फाेटाे फिचर)" (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  29. "गुरिल्ला ट्रेक अर्थात छापामार हिँडेको बाटो !" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  30. "गुरिल्ला ट्रेक : आठ वर्षसम्म 'ट्रेलर' मात्रै" (नेपाली) भाषा)। अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  31. "द्धन्द्धकालमा माओवादी छापामार हिँडेको बाटो गुरिल्ला ट्रेयल"नेपाल पत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 
  32. "सानो रुकुमपूर्व, ठूलो पर्यटन"लुम्बिनी दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्