नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका देवीस्थान, बोहोरागाउँ, निसीराजकुट गाउँ विकास समितिहरूलाई समेटेर निसीखोला गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकाको कूल जनसङ्ख्या २०,६११ रहेको छ । यसको क्षेत्रफल २४४.३७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको देवीस्थान गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा ढोरपाटन नगरपालिका, पश्चिममा रोल्पा जिल्ला, उत्तरमा ढोरपाटन शिकार आरक्षरुकुम जिल्ला तथा दक्षिणमा वडिगाड गाउँपालिकाप्युठान जिल्लासम्म फैलिएको छ ।[२][३]

निसीखोला
Nisikhola
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाबागलुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षतारानाथ पौडेल (नेपाली कांग्रेस)
 • उपाध्यक्षशोभाकुमारी कार्की (नेपाली कांग्रेस)
 • कार्यकारीदिपक शर्मा
क्षेत्रफल
 • जम्मा२४४.३७ किमी (९४.३५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,६११
 • घनत्व८४/किमी (२२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६८
केन्द्रसाविकको देवीस्थान गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्