गोरखा जिल्ला

नेपालको जिल्ला

गोरखा नेपालको गण्डकी अञ्चल अवस्थित एक जिल्ला हो। यो हालको संरचना अनुसार गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला हो। गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन गोरखा नगरपालिका (पृथ्वीनारायण नगरपालिका)मा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। भौगोलिकरूपमा मध्यपहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म फेलिएको जैविक विविधताले सम्पन्न जिल्ला हो। यसको क्षेत्रफल ३ हजार ३१० वर्ग किलोमिटर छ। समुद्र सतहदेखि २२८ मिटरदेखि ८१६३ मिटरसम्म उचाइमा अवस्थित तथा २७ हजार ०१५ देखि २८ हजार ०१५’ अक्षांश र ८४ हजार ०२७’ देखि ८४ हजार ०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाइन्छ। यस जिल्लाको पूर्वतिर धादिङ जिल्लातिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ जिल्ला, लमजुङ जिल्ला, मनाङ जिल्लातिब्बत (चीन), उत्तर सीमानामा तिब्बत (चीन) तथा दक्षिण सीमानामा चितवन जिल्ला, तनहुँ जिल्लाधादिङ जिल्ला पर्दछन्।

गोरखा
गोरखा जिल्लाको प्राचीन गोरखा दरबार
गोरखा जिल्लाको प्राचीन गोरखा दरबार
नेपालको नक्शामा गोरखा जिल्ला (रातो)को अवस्थिति
नेपालको नक्शामा गोरखा जिल्ला (रातो)
देश नेपाल
जिल्लागोरखा जिल्ला
सदरमुकामगोरखा
क्षेत्रफल
 • जम्मा३,६१० किमी (१३९० वर्ग माइल)
उच्चतम उचाई
८,१५६ मिटर (२६७५९ फिट)
न्यूनतम उचाई
२२८ मिटर (७४८ फिट)
जनसङ्ख्या
 (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना[२][१]
२७२,१६९
 • घनत्व७५/किमी (१९०/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयताखस ब्राह्मण, खस क्षेत्री, मगर, गुरुङ, नेवार
भाषा
 • मुख्य भाषाहरूनेपाली, मगर, गुरुङ भाषा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६४
गाविस संख्या६४
नगरपालिका संख्या2
वेबसाइटwww.ddcgorkha.gov.np

राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसङ्ख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन्। [२][१]

==धार्मिक स्थलहरू==त्रीबेणी भगवती माइ यहाँको मुख्य धार्मिक स्थलहरूमा अकला देवी मन्दिर मनकामना मन्दिर अतिरिक्त शक्तिकी स्वरूप श्री भवानी कालिका र शिव स्वरूप श्री गुरु गोरखनाथ बाबा भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रूपमा यस ठाउँको महत्त्वपूर्ण स्थान छ ।[३]

ऐतिहासिकसम्पादन

यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो। गोरखामा जगतमाता भगवती कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ। यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन्। साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाइन्छ। दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली आरध्यदेव हुन् ।[४]

पर्यटकिय स्थलहरूसम्पादन

यस ठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेराजस्तो उत्तरतिरको हिमाली शृङ्खला हुन्। संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ । यहाँबाट धवलागिरीदेखि गणेश हिमालसम्मको मनमोहक दृश्य देखिन्छ। यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदीनालाहरू, सम्म मैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदिले गर्दा यहाँ आउने जो कोहीको पनि मन छुन्छ । यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका विभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन् । साथै सौरपानी गा.वि.स. अन्तर्गत सिता गुफा पनि यक प्राक्रितिक गुफा हो जसबाट धादिङ जिल्लाको सिनानामा रहेको आरुघाट बजारको नजिकै बुढीगण्डकी नदीको साँगुको मुखैमा रहेको सानो गुफासँग जोडिएको छ भन्ने मन्तयता रहेको छ । साथमा राजा द्रव्य शाहको दरबार रहेको लिगलिगकोट अनि श्रीनाथकोट एवं २२ कोट हरू रहेका छन् । यस जिल्लाको उत्तरी भेगमा हिन्दू धर्मावलम्बीहरूको प्रसिद्ध श्री नारद पोखरी रहेको छ । हजारौं भक्तजनहरू वर्षंनी यहाँ रक्षाबन्धन अथवा जनै पुर्णिमाको दिनमा यहाँ स्नान गर्नको लागि ३/४ दिनसम्म पैदल यात्रा गरी यहाँ आएर ऋषि नारदमुनिको पूजा गर्छन् । लमजुङ जिल्लाको सिमानामा अर्को पोखरी रहेको छ । जसको नाम दुधपोखरी हो यो पनि उत्तिकै प्रसिद्ध छ ।

 
गोर्खा जिल्लामा खिचिएको एक परम्परागत घरको तस्बीर

यस पोखरीबाट निस्केको पानी आज चेपे नदी बनी गोर्खा र लमजुङको सिमाना छुट्याउन मद्दत गरको छ। नारद पोखरीबाट निकास भै आज गोर्खाको बिच भागबाट दरौंदी नदी बगेको छ जसलाई धर्मनदी पनि भन्ने गरिन्छ।[५]

चित्रावालीसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

जिल्ला विकास समिति, गोरखा

यो पनि हेर्नुहोस्सम्पादन