महाङ्काल गाउँपालिका
महाङ्काल गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३०′N ८५°२४′E / २७.५०°N ८५.४०°Eनिर्देशाङ्कहरू: २७°३०′N ८५°२४′E / २७.५०°N ८५.४०°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | ललितपुर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | गणेश केसी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | डोल्मामाया गोले (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ८२.४४ किमी२ (३१.८३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८,१२२ |
• घनत्व | ९९/किमी२ (२६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
महाङ्काल गाउँपालिका
सम्पादन गर्नुहोस्महाङ्काल गाउँपालिका नेपालको बागमती प्रदेशको ललितपुर जिल्लामा अवस्थित एक गाउँपालिका हो। यो भौगोलिक हिसाबले ८५०४०” पूर्वी देशान्तर र २७०५०” उत्तरी अक्षांशमा रहेको छ। महाङ्काल गाउँपालिका ८२.४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ र यसका सीमाना उत्तरमा कोन्ज्योसोम गाउँपालिका, पश्चिममा कोन्ज्योसोम र बागमती गाउँपालिका, दक्षिणमा बागमती गाउँपालिका र मकवानपुर जिल्ला र पूर्वमा काभ्रेपलाञ्चोक जिल्ला रहेका छन्।
इतिहास
सम्पादन गर्नुहोस्महाङ्काल गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते गाउँपालिका घोषणा गरिएको थियो। यस गाउँपालिकामा साविकका गाविसहरू बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ समेटेर जम्मा ६ वटा वडा स्थापन गरिएको छ।
भौगोलिक स्थिति
सम्पादन गर्नुहोस्महाङ्काल गाउँपालिका ८५०४०” पूर्वी देशान्तर र २७०५०” उत्तरी अक्षांशमा स्थित छ। यस गाउँपालिकाको अधिकतम तापक्रम २६.४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस रहेको पाइन्छ।
जनसंख्या
सम्पादन गर्नुहोस्महाङ्काल गाउँपालिकाको जनसंख्या ८१२२ रहेको छ। यहाँ विभिन्न जातजाती र धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ।
शिक्षा
सम्पादन गर्नुहोस्महाङ्काल गाउँपालिकामा आधारभूत र माध्यमिक शिक्षा प्रदान गर्ने ३० वटा शिक्षण संस्थाहरू सञ्चालनमा छन्। यस गाउँपालिकामा प्रावि १४ र माध्यमिक विद्यालय ७ वटा छन्। यहाँका शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीहरू साथै अन्य छिमेकी गाउँपालिकाबाट पनि विद्यार्थीहरू अध्ययन गर्न आएका छन्।
अर्थव्यवस्था
सम्पादन गर्नुहोस्महाङ्काल गाउँपालिकाको औसत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ। त्यस्तै, वैदेशिक रोजगारी पनि स्थानीय बासिन्दाको अर्को मुख्य आम्दानी स्रोत हो। यहाँका बासिन्दाले परम्परागत कृषि प्रणालीको विकल्प खोज्दै आधुनिक जीवनशैली अपनाउन थालेका छन्।
सामाजिक र सांस्कृतिक विविधता
सम्पादन गर्नुहोस्महाङ्काल गाउँपालिकामा विभिन्न जातजाति र धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ। यहाँ व्यापार र व्यवसायका केही क्षेत्र पनि सञ्चालित छन्। साथै, यस गाउँपालिकामा प्राकृतिक स्रोत र सामाजिक, धार्मिक महत्वका क्षेत्रहरू पनि रहेका छन्।
विकास र सम्भावनाहरू
सम्पादन गर्नुहोस्महाङ्काल गाउँपालिका ललितपुर जिल्लामा नयाँ गठन भएका दुई गाउँपालिकामा एक हो र यस गाउँपालिकामा धेरै सम्भावनाहरू छन्। सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँवासी यो गाउँपालिकाको दीगो र दरिलो विकासको श्रोतका रूपमा रहेका छन्।
वेबसाइट
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।