बराहताल गाउँपालिका
बराहताल गाउँपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक गाउँपालिका हो।[३][४][५] साविकका हरिहरपुर, तरङ्गा, कुनाथरी, पोखरीकाँडा र लेखगाउँ लगायतका गविसहरूलाई मिलाएर यो गाउँपालिका बनाइएको थियो। यो गाउँपालिकाको क्षेत्रफल १७०.१९ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको केन्द्र कुनाथरी गाविसको कार्यालयलाई निर्धारण गरिएको छ। यो गाउँपालिकामा कुल १० वटा वडाहरू रहेको छन्।
बराहताल गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°४७′३१″N ८१°२३′१३″E / 28.792°N 81.387°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सुर्खेत जिल्ला |
स्थापना | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | भीमबहादुर भण्डारी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | लक्ष्मी पुन मगर (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १७०.१९ किमी२ (६५.७१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २५,९४३ |
• घनत्व | १५०/किमी२ (३९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-८३ |
केन्द्र | साविकको कुनाथरी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बराहताल गाउँपालिकाको कुल जनसङ्ख्या २५,९४३ रहेको छ भने यहाँ ६,१६९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।