भगवतीमाई नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा पर्दछ । [१]

भगवतीमाई
भगवतीमाई is located in नेपाल
भगवतीमाई
भगवतीमाई
नेपालको नक्शामा
निर्देशाङ्क: २८°४८′३६″उ॰ ८१°४८′३६″पू॰ / २८.८१०००°N ८१.८१०००°E / 28.81000; 81.81000निर्देशाङ्कहरू: २८°४८′३६″उ॰ ८१°४८′३६″पू॰ / २८.८१०००°N ८१.८१०००°E / 28.81000; 81.81000
देश नेपाल
प्रदेशकर्णाली
जिल्लादैलेख
वडाहरूको सङ्ख्या
स्थापना२०७३ साल फागुन २७ गते (१० मार्च २०१७)
सरकार
 • प्रकारगाउँपालिका
 • अध्यक्षदानबहादुर थापा (नेकपा)
 • उपाध्यक्षचन्द्रा रेग्मी (नेकपा)
क्षेत्रफल
 • जम्मा१५१.५२ किमी (५८.५० वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा१८,७७८
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
कार्यालयपगनाथ
वेबसाइटofficial website

यस गाउँपालिकाको जम्मा क्षेत्रफल १५१.५२ वर्ग किलोमिटर (५८.५० वर्ग माइल) रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जम्मा जनसङ्ख्या १८,७७८ रहेको छ । यस गाउँपालिकालाई जम्मा ७ वटा वडाहरूमा विभाजित गरिएको छ । [२]

नेपालको संविधान २०७२ अनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७४४ वटा नयाँ स्थानिय तहहरू गठन गर्ने निर्णय गरेपछि २०७३ साल फागुन २७ गते (१० मार्च २०१७) नेपाल सरकारले यो गाउँपालिकाको स्थापना गरेको थियो ।[३][४]

यस गाउँपालिकामा साविकका पगनाथ, रुम, मेहलतोली, जगनाथ, कट्टीबडाभैरव गाविसहरूलाई समावेस गराइएको थियो । यस गाउँपालिकाको कार्यालय साविकको पगनाथ गाविसको कार्यालयमा राखिएको छ । [२]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहहरूको विवरण" [स्थानीय तहहरूको विवरण], www.mofald.gov.np/en (नेपालीमा), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  2. २.० २.१ "District Corrected Last for RAJAPATRA" [जिल्लाले अन्तिम राजपत्रको तालिका बनायो], www.mofald.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ जुलाई २०१८ 
  3. "New local level structure comes into effect from today" [आजबाट नयाँ स्थानीयतहहरू सञ्चालनमा आए], www.thehimalayantimes.com (अङ्ग्रेजीमा) (The Himalayan Times), १० मार्च २०१७, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  4. "New local level units come into existence" [नयाँ स्थानीय तहहरू लागु गरिदै], www.kathmandupost.ekantipur.com (अङ्ग्रेजीमा), ११ मार्च २०१७, अन्तिम पहुँच १८ जुलाई २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्